२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुसहर बस्ती निर्माणमा श्रमदान र सहयोग

अ+ अ-

बर्दिवास । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक (झापा) का कर्मचारीले एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको एक लाख २० हजार ६१७ नगद रकम बस्ती निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) लाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय महत्वको पर्वका दिन कल्याणकारी काममा लगाउने मन भएपछि शनिबार नमुना मुसहर बस्तीमा श्रमदान गर्न आएको र थोरै नगदसमेत सहयोग गरिएको कार्यालयका कर्मचारीको भनाइ छ । “धेरै दिनपछि फरक ढङ्गले प्रजातन्त्र दिवस मनाइयो” टोलीमा संलग्न कमला बस्नेतले इँटाको भारी बिसाउँदै भनीन–, “पुस्तौँपुस्तादेखि अभाव र गरिबीबाट पिल्सिएका मुसहरका बनिरहेका घरमा श्रमदान र केही नगद सहयोग गर्न सक्यौँ ।”

श्रमदान गर्न आएको १३ सदस्यीय टोलीका सदस्यले इँटा, ढुङ्गा बोक्ने, सिमेन्टका बोरा ओसार्ने र मसाला (सिमेन्ट बालुवा घोलेर बनाइने) बनाउने र घरको पक्का जोड्ने काममा कडा मिहेनत गर्नुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिए । फाउन्डेसनलाई बर्दिवासका युवा उद्यमी रोशन गौतमले पनि रु ५१ हजार नगद हस्तान्तरण गर्नुभएको छ ।

त्यसैगरी शनिबारै झापाको गौरीगञ्जका एलिसोना राजवंशी र विराटनगर मोरङका सङ्गीता खतिवडाले मुसहर बालबालिकाका लागि शैक्षिक सामग्री (कापी, कलम, औजारबक्स, सिसाकलम) र खेलकुद सामग्री (भलिबल, लुँडो, चेस, टेबुलटेनिसका सामग्रीसहित) फाउन्डेसनलाई हस्तान्तरण गरेका जनाएको छ ।

गत पुस २५ गते शिलान्यास भएर निर्माण सुरु भएको मुसहर बस्तीमा तीनजना फ्रेञ्च र एकजना अर्जेन्टियन नागरिक र नेपाल युवा सञ्जाल (आयोन) का १२ जना पनि पछिल्ला ३५ दिनदेखि कडा मेहनतपूर्वक श्रमदान गरिरहेका छन् । बस्ती निर्माणमा रु चार करोड ७८ लाखको लागत अनुमान गरिएको छ । आउने वैशाख १ गते नयाँ वर्षका दिन ५० घरपरिवारका मुसहरलाई हस्तान्तरण गरिने बस्ती निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको फाउन्डेसनका परियोजना प्रबन्धक न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस