बेइजिङ । आज चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई लिन नेपाल एयरलाइन्सको जहाज राति ९ बजे वुहान पुग्ने भएको छ । बिमान आजै ११ बजे नेपालका लागि उड्ने र २ बजेर १५ मिनेटमा काठमाडौंमा अवतरण हुने जनाइएको छ ।
चीनको हुवेई प्रान्तबाट १८० जना नेपाली शनिबार फर्कंदै छन्। यी विद्यार्थीलाई नेपालले निःशुल्क एयरलिफ्ट गर्न लागेको हो। वुहानको थ्येनह विमानस्थलसम्म विद्यार्थीलाई बसमार्फत ल्याइनेछ। अनसी र सयान सहरबाट बसमा वुहान पुग्न ७–८ घण्टा लाग्छ।
चिङचौ २४० किलोमिटर, चिङमन २८४ किलोमिटर र यिछाङ ३३५ किलोमिटर टाढा छ। यी ६ वटा सहरका लागि ५ वटा बस उपलब्ध गराएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। यी सहरबाट चिनियाँ समयअनुसार शनिबार बिहान ५ बजे बस छुट्नेछन्।
फर्कनुअघि विमानस्थलमा सबै नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। परीक्षणमा पोजिटिभ देखिए चीनमै राखेर उपचार गरिनेछ।
यसैबीच हुवेईमा अध्ययनरत १५ जना विद्यार्थीले नेपाल जान आवेदन नदिएको नियोग उपप्रमुख सुशीलकुमार लम्सालले जानकारी दिएका छन््।