कोरोना भाइरस : १ हजार १६ को मृत्यु, ४२ हजार संक्रमित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरस : १ हजार १६ को मृत्यु, ४२ हजार संक्रमित


२८ माघ २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म १ हजार १६ जनाको मृत्यु भइसकेको छ ।

४२ हजार मानिसहरु संक्रमित भएका छन्। वितेको २४ घण्टामै थप १०३ जनाका ज्यान गएका थियो।

चीनबाहिर पनि कोरोना भाइरस संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन्। चीनको स्वास्थ्य विभागका अनुसार हालसम्म संक्रमित हुनेको संख्या ४२ हजार ६ सय ३८ पुगेको छ।

चीनको वुहानमा मात्रै ९७४ जनाको ज्यान गएको र सात य २८ जना संक्रमित भएको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्।

३१ डिसेम्बरमा हुवेई प्रान्तको वुहान शहरमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको थियो। यो भाइरसबाट संक्रमितलाई ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने र छातीमा संक्रमण देखिने गर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस