२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नूतन भुसालको चौथो कृति ‘नूतन शैली’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । परदेशी भूमिमा बसेर नेपाली स्वदेशी माटो, स्वदेशी परिवेश, संस्कृतिका लागि आफ्नो उत्कृष्ट लेखन कला मार्फत प्रवर्द्धन गर्दै आएकी गीतकार नूतन भुसालको चौथो कृति ‘नूतन शैली’ एक समारोह बिच सार्वजनिक गरिएको छ ।

राजधानी काठमाडौँको बागबजारस्थित हेलो क्याफे गीतकार भुसालको जन्मदिनको अवसर पारेर ‘नूतन शैली’ एल्बमको विमोचन गरिएको हो ।

सो समारोहका प्रमुख अतिथि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बरालले गीति लेखनमा पहिला केटाले केटीलाई सुनाउने गीत लेखिने गरिन्थ्यो भने गीतकार भुसालले भने केटीले सुनाउने र केटाले सुन्ने खालका गीतको निर्माण भएको बताए । भुसालको गीति लेखनले फरकपन दिएको बताउँदै बरालले निरन्तरतामा ध्यान दिनु भन्दै शुभकामना दिए । त्यस्तै सङ्गीतकार सुनिल मास्केको सङ्गीत सुनेर आफूले ढिलो भेटेको बरालले बताए ।

समारोहका अर्का अतिथि सङ्गीतकार राजु सिंहले शुभकामना मन्तव्य दिर्दै सुनिल मास्केका सङ्गीतमा मौलिकता र सरलताभित्र गहनता भएको बताएका थिए भने गीतकार भुसालको लेखनले आफू लोभिएको बताएका थिए । त्यस्तै गीतकार डा.राजुबाबु श्रेष्ठले गीति लेखनमा गरेको लगानीले देश र परिवेशभित्र महत्त्वपूर्ण भूमिका खेलेको बताए । डा.श्रेष्ठले उनको लेखनप्रति आफूलाई डाह लागेको बताउँदै गीतकार भुसाल सिद्ध हस्त गीतकारका रूपमा पाएको बताए ।

कार्यक्रमलाई स्वागत गर्दै गीतकार भुसालले प्रवासमा रहँदा आफूले भोगेका र देश छोड्दा छोडिएका भावना र संवेदनाहरूलाई गीतमार्फत उजागर गरेको बताएकी थिइन् । उनले नूतन शैलीमार्फत आधुनिक सङ्गीतमा एउटा इट्टा थप्ने काम गरेको बताइन् भने सङ्गीतकार सुनिल मास्केको सहयोगले नूतन शैलीको निर्माण भएको बताइन् ।

गीतकार भुसालकी आमा रामकुमारी भुसालको सभापतित्वमा शुभकामना मिडिया सोलुसनले सो समारोहको आयोजना गरेको हो । भने कार्यक्रममा गीतकार डा.राजुबाबु श्रेष्ठ, सङ्गीतकार राजु सिंह विशेष अतिथिका रूपमा रहेका थिए ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्दै गीतकार भुसालकी आमा रामकुमारी भुसालले आफूले छोरीको भावना बुझेर स्टेज दिन नसकेको बताउँदै छोरीका सिर्जनाले सबैको मन जित्न सकोस् भन्ने शुभकामना दिइन्। उनले समयअनुसार काममा ध्यान दियो भने नाम आफैँ कमाउने बताउँदै जन्मदिनको शुभकामना समेत दिइन् ।

कार्यक्रममा भमराको भुनभुन सुन्छु र थाहा छैन के हुन्छ गीतको म्युजिक भिडियो देखाइएको थियो । जसमा युवराज वाइवा र मदन खड्काको निर्देशन गरेको थियो । जसमा अनिता रन्जितकार, सोनु लामा, मन्दिरा न्यौपाने, आश्विन भुसाल र ऋचा थापाको अभिनय रहेको थियो ।

कार्यक्रममा गीतकार नूतन भुसालको जन्मदिन परेकोले केक काटेर जन्मदिन मनाइएको थियो भने म्युजिक खबरका तर्फबाट सम्पादक सविता पोखरेलले बुकी दिएर सम्झनास्वरुप मायाको चिनो दिएकी थिइन् । कार्यक्रममा एल्बमसँग सम्बन्धित स्रष्टाहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने कार्यक्रम सञ्चार कर्मी सरोज कोइरालाले सञ्चालन गरेका थिए ।

गीतिसंग्रह ‘नूतन शैली’ मा गीतकार नूतन भुसालको एकल शब्द एवं सङ्गीतकार सुनिल मास्केको एकल सङ्गीतमा रहेको छ । एल्बममा भमराको भुनभुन, थाहा छैन के हुन्छ, देखेको छैन, कुक्क लाग्यो बाडुल्की, तिम्रो साथ भन्दा प्यारो जस्ता ५ वटा गीत समावेश गरिएको छ । जसमा प्रविशा अधिकारी, निशा देशार, मिना निरौला, प्रताप दास र पूर्णिमा लामाको स्वर रहेको छ । गीतमा प्रदीप श्रेष्ठ, सञ्जीव बराइली र सचिन सिंहको सङ्गीत संयोजन रहेको छ भने किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । एल्बमलाई शुभकामना मिडिया सोलुसनले बजार व्यवस्थापन गरेको हो ।

प्रतिक्रिया दिनुहोस