अष्ट्रेलियामा एक नेपालीको शव फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अष्ट्रेलियामा एक नेपालीको शव फेला


३ फाल्गुन २०७३, मंगलबार


सिड्नी । अष्ट्रेलियाको समुद्री किनारामा एक नेपाली छात्राको शव फेला परेको छ । मंगलबार बिहान अष्ट्रेलियाका प्रहरीले समुन्द्री तटमा छात्राको शव फेला पारेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन्।
समाचारका अनुसार न्यू साउथ वेल्सको मारोउब्रा समुद्री किनारमा उनको शव फेला परेको हो भने एक युवक अझै हराइरहेका छन्।

अष्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत ती छात्रा नेपाली भएको तर अन्य पहिचान भने अझै खुल्न सकेको छैन।
प्रारम्भिक अनुसन्धानमा छात्राको मृत्यु पानीमा डुबेर भएको र उनीहरु दुवैजना एकैपटक समुद्रमा पसेको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस