काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङफे राजीनामा दिने भएकी छन् ।
उनले आजको प्रतिनिधि सभा बैठक सुरू हुनुभन्दा अगाडि नै राजीनामा दिने तयारी गरेको संसद सचिवालय स्रोतले जनाएको छ ।
संसदको बैठक १ बजे बस्दैछ।
आजको बैठक संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले सञ्चालन गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ।