खरिदार–नासु स्तरका कर्मचारीलाई ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि आव्हान « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

खरिदार–नासु स्तरका कर्मचारीलाई ३५ दिने सेवाकालीन प्रशिक्षणका लागि आव्हान


३ माघ २०७६, शुक्रबार


काठमाडौँ । खरिदार र नायव सुब्बा तहका कर्मचारीका लागि ३५ दिने सेवाकालीन प्रशिक्षण सञ्चालन हुने भएको छ ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले बुधवार एक सूचना प्रकाशित गर्दै सङ्घमा कार्यरत निजामती सेवाका राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारी तथा प्रदेश तथा स्थानीय तहमा कार्यरत चौथो र पाँचौँ तहका कर्मचारीहरूको क्षमता विकासका लागि सेवाकालीन प्रशिक्षण हुने जनाएको छ ।

प्रशिक्षण माघ २० गतेदेखि सुरु हुनेछ । सेवाकालीन प्रशिक्षणमा सहभागी हुन इच्छुक कर्मचारीहरूले सेवाकालीन प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फाराम भरी हाल बहाल रहेको पदको नियुक्ति पत्रको फोटोकपी समेत माघ १० गतेभित्र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आई पुग्ने गरी वा इमेलमा पठाउन भनेको छ ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस