उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग्ने नेकपा सचिवालय बैठकको निर्णय


२६ पुस २०७६, शनिबार


काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा माग्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

रिक्त सभामुख पदमा नेकपाबाट उम्मेदवारी दिनका लागि तुम्बाहाङफेको राजीनामा मागिएको उनले बताए।

सम्बन्धित समाचार : राजीनामा दिन्न ! उपसभामुख तुम्बाहाङ्फे

‘नेकपाको तर्फबाट रिक्त सभामुख पदका लागि उम्मेदवारी दिने निर्णय भयो,’ प्रवक्ता श्रेष्ठले पत्रकारहरूसँग भने, ‘त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङफेले राजीनामा दिने।’

उनकाअनुसार सभामुख कसलाई बनाउने भन्नेबारे तय भएको छैन।

सभामुख उम्मेदवार को भन्ने प्रश्नमा श्रेष्ठले पहिला उपसभामुखको राजीनामा आउनु पर्ने बताए ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखमा आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन्।

शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तुम्बाहाम्फेले आफू सभामुखका लागि योग्य भएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस