२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन-पिइएमा अधिकृत पढ्नेको भीड, अभिमुखीकरण कक्षा लिन तछाडमछाड

अ+ अ-

काठमाडौँ । रोजगारीको खोजीमा दिनहुँ सयौँको सङ्ख्यामा शिक्षित बेरोजगार युवा विदेश पलायन भइरहँदा त्यसलाई केही हदसम्म रोक्न लोक सेवा आयोग सफल भएको देखिन्छ ।

निजामती सेवासँगै नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिमा गर्ने जिम्मेवारी पाएको आयोगले बर्षेनि विभिन्न तहमा सयौँको सङ्ख्यामा विज्ञापन पनि गर्दै आएको छ ।

जसमा हजारौँ युवा आकर्षित बन्दै आएका छन् । पछिल्लो समयमा आयोगले शाखा अधिकृत(सङ्घका लागि) विभिन्न सेवा समूहका लागि मागेको एक हजारभन्दा बढी पदहरूमा लाखौँ युवाहरू आकर्षित बन्नु पनि त्यसैको उदाहरण हो ।
आयोगद्वारा निजामती सेवातर्फ माग भएका पदहरूको तयारीका लागि यति बेला युवा तयारी कक्षातर्फ आकर्षित बनेका छन् । विगतमा तयारी कक्षामा सहभागी भएकाहरू उल्लेख्य रूपमा परीक्षामा सफल भएकाले नै होला अहिले पनि तयारी कक्षामा आकर्षण घटेको छैन ।

अनुभवी प्रशिक्षक, ख्यातिप्राप्त र विश्वसनीय संस्थामा कक्षा लिँदा सफल भइने सोचले यति बेला विद्यार्थीहरू त्यतातर्फ लागेका छन् । प्रशासन–पिइएद्वारा सोमबार शाखा अधिकृत तयारीका लागि आयोजना गरिएको अभिमुखीकरण कक्षामा आउने युवाको सङ्ख्याले पनि निजामतीतर्फ युवाको अत्यधिक आकर्षण रहेको देखिन्छ ।

हालै मात्र लोक सेवा सम्बन्धी तयारी कक्षा सुरु गरेको प्रशासन–पिइएले निजामती सेवामा नाम चलेका, अनुभवी र उच्च तहका पदाधिकारीले कक्षा लिने जनाएको छ । अभिमुखीकरण कक्षामा नेपाल सरकारका पूर्व मुख्य सचिव विमल कोइराला, सहसचिव तथा प्रदेश एकका अर्थ सचिव दामोदर रेग्मी, सहसचिव तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्र सुवेदी‘प्रयास’ ले सहभागीलाई लेखन सीप र अध्ययन तरिकाबारे अनुभव सुनाउनु भएको थियो ।

अभिमुखीकरण कार्यक्रममा यस अघिको शाखा अधिकृत परीक्षामा उत्कृष्ट नतिजा ल्याएर विभिन्न निकायमा कार्यरत युवा प्रशिक्षक अधिकृतहरूले परीक्षा तयारी र उत्तीर्ण गर्दाका अनुभूतिबारे प्रशिक्षाथीहरुसँग अनुभव बाँडेका थिए

अनुभवी, विषय विज्ञ शिक्षकहरूद्वारा आफ्नै पर्याप्त पार्किङ क्षमता भएको सुविधा सम्पन्न भवनमा न्यूनतम शुल्कमा पढाउने गरी तयारी सुरु गरेको प्रशासन–पिइएका कोर्डिनेटर उदयराज ढकालले बताए ।

नियमित पृष्ठपोषणा पक्ष, लेखनसीप सम्बन्धी तयारी कक्षालगायत विषयमा निजामती सेवामा प्रथम स्थान हासिल गरेका बजारका उत्कृष्ट प्रशिक्षकहरूबाट दैनिक कक्षा सञ्चालन गरिने उनले बताए ।

कार्यक्रममा दुई सय ५० भन्दा बढीको सहभागिता रहेको थियो । मङ्गलवार बिहान ६ः३० बजेदेखि नै अधिकृतको नियमित कक्षा सुरु गर्ने प्रशासन–पिइएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस