काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ ।
दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।
भुटान पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो ।
उसले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।