३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरामा १३६ एचआइभी सङ्क्रमित

अ+ अ-

अमरगढी । डडेल्धुरामा एचआइभी सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । एचआइभी सङ्क्रमित हुनेमध्ये बढीजसो कामको सिलसिला र रोजगारीका लागि भारत जानेमा बढी भएको एक तथ्याङ्कले जनाएको छ । एचआइभी सङ्क्रमित १३६ जनामध्ये डडेल्धुरामा हालसम्म ९६ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् । बाँकी सङ्क्रमितले पुनं कामका लागि अन्य स्थान वा भारत जाने–आउने क्रमले गर्दा नियमित औषधि सेवन नगरेको तथ्याङ्कले देखाएको छ ।

तीमध्ये आठ शिशुसमेत एचआइभी सङ्क्रमित छन् । सङ्क्रमितमध्ये ४३ पुरुष र ५३ महिलाले नियमित एआरटी लिइरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । करीब १० वर्षदेखि एआरटी सेवा लिइरहनुभका एचआइभी सङ्क्रमित पशुपति साउदले भने, “कामको सिलसिलामा भारत गएका श्रीमान्बाट नै म सङ्क्रमित भएको हुँ, सोही रोगले करीब १० वर्ष अगाडि मेरा श्रीमान् बितेका हुन् । श्रीमान् पनि रहेनन्, सहारा पनि छैनन् । अब गरी खानका लागि सीप सिक्न पाए हुन्थ्यो ।”
उनीलगायत अन्य एचआइभी सङ्क्रमितलाई अहिले घरखर्च चलाउन पनि समस्या परिरहेको छ । रोजगारीका लागि भारत जाने गरेका युवामार्फत नै एचआइभी भित्रिने गरेको स्वाथ्य कार्यालय डडेल्धुराका सूचना अधिकारी जनक चन्दको भनाइ छ । उनले भने, ‘जिल्लामा रहेका एआरटी लिइरहेका ९६ जना एचआइभी सङ्क्रमितहरू सबै भारतमा रोजगारी गर्न गएकामध्येका नै हुन् ।”

गरिबीका कारण रोजगारीका लागि भारत पुग्ने उनीहरू नै सङ्क्रमित भएको भेटिने चन्दले बताए । खुला सिमाना भएको र सीमामा कुनै जाँच नै नहुने हुँदा भारत जाने मानिसमा बढी एचआइभी सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । भारत जाने–आउने सङ्क्रमितले नियमित औषधि नलिँदा र जाँच नगर्दा एचआइभी सङ्क्रमितको तथ्याङ्कसमेत राख्न सरोकार भएको कार्यालयलाई समस्या भएको छ ।

जिल्लाका अन्य क्षेत्रसँगै भित्री मधेश जोगबुढाबाट कामका लागि भारत जानेको सङ्ख्या पनि धेरै छ । अधिकांश मानिस घरमा काम हुँदा फर्किने र बाँकी समय घरपरिवारको खर्च धान्नका लागि ज्यालादारी गर्न भारत जाने गर्छन् । असुरक्षित यौन सम्पर्क, लागुऔषध सेवन र सुई तथा अन्य माध्यमले एचआइभी सङ्क्रमित हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस