सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन : डा . महत « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन : डा . महत


६ मंसिर २०७६, शुक्रबार


भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाएका छन् ।

मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आज भक्तपुर नगरपालिका–१० कमलविनायकमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उनले सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन गर्दै जानुपर्ने अवस्था आएको उल्लेख गरे । ‘कांग्रेसले उपनिर्वाचनलाई प्रतिपक्षलाई बलियो बनाउन तथा सत्ताप्रतिको जनताको असन्तुष्टिलाई मापन गर्ने पारोका रुपमा लिएको छ’, नेता महतले भने।

कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महङ्गी, कर, बलात्कार, भ्रष्टाचारलगायत नियन्त्रण हुन नसकेकाले सरकारलाई सतर्क र सजग गराउन समेत कांग्रेसको जित आवश्यक रहेको बताए । घरदैलो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वसांसद कञ्चनचन्द्र वादे, केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत सहभागी रहेको उपनिर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिए । उपनिर्वाचनमा कांग्रेसबाट कृष्णलाल भँडेल उम्मेदवार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस