२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनियाँ कविको ‘आमाको हात’

अ+ अ-

काठमाडौं । चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ ।

निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गरेका हुन् ।

तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन् । चीनको सिचुआनका ‘यी’ नामक जातिबाट आएका माजियाका कवितामा आफ्नो जन्मस्थलका नुओसी भाषीहरुका मिथक, लोककथा, महाकाव्य र त्यसमा रहेका महानायकहरुको स्तुतिगान गरिएको छ । हिमाली कविहरुले लेख्ने आफ्नो जन्मस्थल, जनजातीय संसार, आमा, पहाड, खोला, झाँक्री, पूर्वज आत्मा, रक्सी, कविहरु जस्ता विषयवस्तु तिनमा पाइन्छ ।

माजियाका कवितामा नेपालसँग मिल्दोजुल्दो विषय भएकाले र विश्वको कविताको प्रवृत्ति चिनाउन आफूले नेपालीमा कविता अनुवाद गरी प्रकाशनमा ल्याएको अनुवादक शर्माले बताए“ यस सङ्ग्रहका माध्यमबाट अनुवादका लागि उपयुक्त कार्यशाला पनि चलाउन सकिन्छ”, शर्माले भने। सङ्ग्रहमा प्राकृतिक सौन्दर्यको अनौठो चित्रणका साथै चीनको प्रतिविम्ब भेट्न सकिने उनको भनाइ छ । चीनले माजियाको काव्य ऊर्जाबाट आफूलाई प्रस्तुत गरेको विचार पनि शर्माले व्यक्त गरे ।

अमेरिकी कवि ज्याक हिर्शम्यानले माजियालाई कविता कलाको सम्प्रेषणमार्फत विश्व रुपान्तरण सक्ने अद्भुत सांस्कृतिक शक्ति भएको तथा नोबेल पुरस्कारका उपयुक्त पात्र भएको टिप्पणी गरेका छन् । आगामी दिनमा फ्रान्सेली, जर्मनेली, स्पेनी, पोर्तगाली, अमेरिकी, ल्याटिन अमेरिकी कविताहरुको पनि अनुवाद गरिने जानकारी शर्माले दिए ।

प्रतिक्रिया दिनुहोस