२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको गतिमा काम गर्न नयाँ प्रदेश प्रमुख : महासचिव पौडेल

अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको बताएका छन् । नेकपाको आज प्रधानमन्त्री निवास बालुटावारमा बसेको सचिवालय बैठकका निर्णय सुनाउँदै उनले सरकारलाई काम गर्न सजिलो पार्न प्रदेश प्रमुखलाई पदमुक्त गरी नयाँ सिफारिस गरिएको जानकारी दिए ।

‘प्रदेश प्रमुख सरकारको प्रतिनिधिका रुपमा रहने संवैधानिक व्यवस्था छ, स्वाभाविक रुपमा सरकार बदलिएपछि सरकार प्रमुखले पनि सोच्नुपर्ने आवश्यकता थियो, सरकारले लामो समय प्रतिक्षा पनि गर्‍यो’, उनले भने, ‘सरकारको गतिमा प्रतिनिधि भूमिकामा काम गर्न सक्ने उपयुक्त पात्रको छनोट गर्ने प्रक्रियामा सरकार लागेकाले नयाँ प्रदेश प्रमुखको नाम सिफारिस गरिएको हो ।’ बैठकबाट सिफारिस गरिएका प्रदेश प्रमुखलाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने उनले बताए ।

नेकपाको आज बसेको बैठकले अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिलक परियार (बाँके), शर्मिला त्रिपाठी (काठमाडौँ), धर्मनाथ यादव (सिरहा), विष्णु प्रसाईं (झापा) र गोविन्द कलौनी (डडेल्धुरा)लाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । महासचिव पौडेलले पार्टीले सिफारिस गरेका प्रदेश प्रमुख कुन प्रदेशका लागि कुन भन्ने कुरा सरकारको सिफारिसमा राष्ट्रपतिले तोक्ने बताए ।

सञ्चारकर्मीको प्रश्नमा उनले प्रदेश प्रमुखले काम गर्न सकेको वा नसकेको भन्नेमा जानुभन्दा पनि सरकारले अहिले आफ्नो प्रतिनिधिका रुपमा अगाडि सार्ने काम गरेको जानकारी गराए । लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार हुने भएकाले प्रदेश प्रमुख हटाउने सरकारको निर्णय विरुद्ध प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विरोध गर्नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस