२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ

अ+ अ-

सप्तरी । बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर मृत्यु भएको घटना लुकाउन शव गाडेको आरोपमा बुबा–छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले आज राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी घटनामा संलग्न भएको आरोपमा सप्तरीको कञ्चनरुप नगरपालिका–५ का ४५ वर्षीय श्रीलाल सरदार र उनका कान्छा छोरा १९ वर्षीय विजयलाई पक्राउ गरेको जनाएको छ ।

श्रीलाल, उनका छोरा र गाउँकै केही युवाले बँदेल मार्न कात्तिक १ गते राति विद्युतीय धराप थापेका थिए । बँदेल मार्न भनी घरबाट लगिएका कञ्चनरुप–५ पिप्रा टोलका २३ वर्षीय अजयकुमार मुखियाको सोही धरापमा परेर मृत्यु भएपछि उनकै साथीले मुखियाको शव नजीकैको त्रियुगा नदीको किनारमा लगेर गाडेका थिए ।

मृतकका श्रीमती मीनाबाट श्रीलाल र गाउँकै बबरी भनिने रमेश सरदारसँग गएपछि अजय फर्केर घर नआएको जानकारी प्रहरीले पाएको थियो । प्रहरीले मोबाइल लोकेशन ट्र्याक गरी श्रीलाललाई उदयपुरको कटारीबाट पक्राउ गरेको जनायो । उनैबाट १३ दिनदेखि बेपत्ता मुखियाको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लागेको हो ।

उनको शव गाडिएको स्थानमा फेला नपरेपछि श्रीलालको छोरा विजयलाई सोधपुछ गर्दा गाडिएको स्थानबाट निकालेर कञ्चनरुप र सप्तकोशी नगरपालिकाको सीमा कमलदहस्थित त्रियुगा नदी किनारमा लगेर गाडिएको पत्ता लागेको छ । श्रीलाल पक्राउ परेलगत्तै प्रहरीले शव फेला पार्न नसकोस् भनेर विजयसहित तीन जना मिलेर शव गाडेको स्थानबाट निकालेर अन्यत्र गाडेका थिए ।

प्रहरीले शव निकाली शवपरीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ । घटना अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले मुखियाको शव नचिनियोस् भनी अनुहारमा पेट्रोल छर्किएर आगोले जलाइएको र शव नभेटियोस् भनी लुकाउन हरसम्भव प्रयास भएको बताए । पासोमा परी घाइते मुखियालाई उपचार नगरी हत्या गरी शव लुकाउन खोजेको आरोप लगाउँदै मृतकका बुबा जनक मुखियाले शवको अनुहार जलाइएको तथा हात र पिठ्यूँ काटिएको अवस्थामा फेला परेकाले हत्या गरिएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस