२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात सय क्विन्टल अर्ग्यानिक स्याउ बिक्री

अ+ अ-

बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

मार्तडी–कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण झन्डै एक करोडभन्दा बढी मूल्यको स्याउ बारीमै थन्किएको थियो । यसै समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले पहिलोपटक स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको छ । बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर र बाँकी केही मात्र आम्दानी गर्ने किसानको समस्यालाई मध्यनजर गर्दै कृषि ज्ञान केन्द्र बाजुराले स्याउ ढुवानी अनुदान सहयोग कार्यक्रम ल्याएको हो ।

जसले ढुवानीका रु १३ देखि ५० मा बारीको स्याउ खरीद गरी बाजुरा जिल्लालगायत काठमाडौं, चितवन, धनगढी, नेपालगञ्जसम्म पुगेर बिक्री भइसकेको ज्ञान केन्द्र बाजुरा जनाएको छ । ७०० क्विन्टल स्याउ बिक्रीबाट रु ५६ लाख बराबरको आर्थिक कारोवार भएको केन्द्र जनाएको छ ।

यो वर्ष माथिल्लो क्षेत्रका पाण्डुसैन, स्वामिकात्तिक र जग्गनाथको स्याउ सङ्कलन गरी बिक्री गरिएको कोशेलीघर बाजुराका अमर खड्काले बताए । सङ्कलन र बिक्रीका लागि तीन सहकारी र एउटा अपुसा कन्स्ट्रक्सन एण्ड सप्लायर्सले जिम्मा लिएको थियो । बाजुराको अग्र्यानिक स्याउ नाम दिएर बजारमा आएको स्याउले अपेक्षाभन्दा बढी आम्दानी भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

पछिल्लो समयमा कृषि ज्ञान केन्द्र बाजुरा ढुवानी अनुदान कटाएपछि भने स्याउको मूल्य बढेर आएको कोशेलीघर बाजुराका खड्काले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाजुराले अनुदान दिएको बेला स्याउको मूल्य मार्तडीमा रु ७५ ए ग्रेड, ७० बी ग्रेड र ६५ सी गे्रडमा पाइन्थ्यो भने अहिले सहकारीमार्फत् ढुवानी गर्दा रु ९० देखि ११० सम्ममा बिक्री वितरण भइरहेको छ ।

बाजुराको कागती काठमाडौंमा

बाजुराको कागती काठमाडौं पुग्ने भएको छ । बाजुराको अग्र्यानिक कागती पहिलोपटक रु ९० केजीका दरले १० क्विन्टल काठमाडौँ पुग्ने भएको हो । गोलपान एग्रो कम्पनीमार्फत बजारीकरण हुने कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोविन्द्र सिजापतिले बताए । अहिले पहिलोपटक १०० क्विन्टल मात्र कम्पनीसँग सम्झौता भएको उनको भनाइ छ । पहिलोपटकको सम्झौताअनुसार कागती खपत भए अर्को पटक जिल्लाभरिको कागती खपत गर्न गोलपान एग्रो कम्पनीसँग सम्झौता हुने समझदारी भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस