काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा तेस्रोपटक कलेजोका सफल प्रत्यारोपण भएको छ । रुपन्देही घर भएका एक ५० वर्षीय पुरुषको शुक्रबार कलेजोको सफल प्रत्यारोपण गरिएको हो । उनका २७ वर्षीय छोराले कलेजो दान गरेका थिए ।
यस अघि पहिलो पटक जेठ १८ मा र दोस्रो पटक साउन ३ मा कलेजाको सफल प्रत्यारोपण गरिएको थियो ।
नेपालमा चार वटा अस्पताललले हालसम्म कलेजो प्रत्यारोपणको अुमति पाएको छ । अनुमति पाउनेमा भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र, त्रिवि शिक्षण अस्पताल, चितवनको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजछन् ।
नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै २०७३ मंसिर २२ गते गरेको थियो ।