२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द्रागिरिमा कला, साहित्य र संस्कृतिबारे छलफल

अ+ अ-

काठमाडौं । दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरिमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको समापन कार्यक्रममा उनीहरुले यस क्षेत्रमा रहेको संस्कृतिक विविधताको चर्चा गरे ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रमले दक्षिण एशिया र चीनको सांस्कृतिक र साहित्यिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए । दुई वर्ष पहिले चीनमा पहिलो सम्मेलन भएको र अहिले दोस्रो सम्मेलन नेपालमा आयोजना भएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्नेमा उनको जोड छ । यस क्षेत्रको साहित्यिक र सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले दक्षिण एशिया र चीनको सांस्कृतिक पक्षको चर्चा गर्दै सम्मेलनले आगामी दिनमा आपसी हितमा काम गर्न हौसला दिएको बताए । साहित्यकार मञ्जु काँचुलीले नेपालमा भएका अन्तर्राष्ट्रिय कार्यक्रममध्ये यो एउटा महत्वपूर्ण भएको उल्लेख गरे । चिनियाँ साहित्यकार लु मिलले सम्मेलन भाषा र संस्कृति एकापसमा साटासाट गर्ने अवसर भएको उल्लेख गरे ।

कार्यक्रममा नेपालसँगै चीन, पाकिस्तानलगायतका देशका प्रतिनिधिले कला, साहित्य र संस्कृतिसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । मङ्गलबार शुरु भएको सम्मेलनका नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्वका साथै विदेशका २० र नेपालका ४० साहित्यकारको सहभागिता रहेको थियो । सम्मेलनमा चार नेपाली र १२ अन्य देशका गरी १६ कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सम्मेलनका अवसरमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सांस्कृतिक एवम पर्यटकीयस्थलको अवलोकन गराई पर्यटन प्रवर्द्धनसमेत गर्ने उद्देश्यले चन्द्रागिरि लगिएको बताइएको छ । आगामी कात्तिक १, २ र ३ गते विदेशी सहभागीलाई काठमाडौँ र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवम सांस्कृतिकस्थलको भ्रमण गराइनेछ । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा भएको थियो । प्रत्येक दुई/दुई वर्षमा सम्मेलन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस