३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बजारमा झिनो सुधार

अ+ अ-

काठमाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोवार मापक नेप्से परिसूचक ०.७१ अङ्कले बढेर एक हजार १३७.७५ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ०.५४ अङ्कले बढेर २४९.१२ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने सामान्य नै रह्यो । स्टकका अनुसार आज कूल १६० कम्पनीका नौ लाख ९८ हजार कित्ता शेयर रु १८ करोड २९ लाख ९४ हजार ९०५ मा खरीद बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये सात उपसमूहको शेयर बढे भने चार उपसमूहको शेयर घटे । बैंकिङ ०.७५ अङ्कले बढ्दा जलविद्युत् ३.७९, फाइनान्स २.४४, निर्जीवन बीमा ३६.८६, माइक्रो फाइनान्स २.७१, जीवन बीमा १३.०७ र सामूहिक लगानी कोषको शेयर ०.१ अङ्कले बढ्यो । यसैगरी होटल १.८८, विकास बैंक १०.१३, उत्पादन २.६९ र अन्य उपसमूहको शेयर २.६ अङ्कले घटेको छ ।

कारोवार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर कूल रु एक करोड ९९ लाख ९८ हजार ८४९ मा खरीद बिक्री भयो । त्यस्तै मेगा बैंक लिमिटेडको संस्थापक शेयर रु एक करोड ५७ लाख १७ हजार २०८, सनराइज बैंक लिमिटेडको रु एक करोड १० लाख २० हजार ४३८, कृषि विकास बैंकको रु ६३ लाख ४८ हजार ४४८ र नविल बैंक लिमिटेडको शेयर रु ६२ लाख सात हजार २३ मा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक बढे पनि माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२५ प्रतिशतले गुमाए । त्यस्तै सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ३.७३, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.२७, ओरियन्टल होटल लिमिटेड २.५९, युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले २.५ प्रतिशतले गुमाए ।

स्टकका अनुसार सानिमा इक्विटीफण्डका लगानीकर्ताले आठ प्रतिशतले कमाए । त्यसैगरी नविल इक्विटीफण्ड ७.९५, घोडीघोडा लघुवित्त वित्तीय संस्था ७.५२, एनएलजी इन्स्योरेन्स कम्पनी ४.७९ र बेष्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.४४ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस