काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट फ्रि तिब्बतका टिसर्ट र झोला बोक्ने २२ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार र शनिबार फर्पिङ, बौंद्ध र स्वयम्भु गरी तीन स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयले जनाएको छ । उनीहरु फ्रि तिब्बतका समर्थक हुन् या होइनन् भन्ने बारे जानकारी नभएपनि झोला र टिसर्ट लगाएकोले पक्राउ परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।