काठमाडौँ । आफ्नै सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पक्राउ गर्न प्रहरी उनको निवास बालुवाटार पुगेको छ।
आइतबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी महरालाई पक्रन उनकै निवास पुगेको हो।
बलात्कारको प्रयास गरेको भन्दै शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । उजुरी पछि प्रहरी आइतबार अदालतको आदेश लिएर महरालाई पक्रने तयारीमा रहेको प्रहरी अधिकारीले बताएको थियो ।