पूर्व राजाको शुभकामना : नवदुर्गा भवानीले सनातनिक तत्य पथतर्फ अभिप्रेरित गरुन् « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पूर्व राजाको शुभकामना : नवदुर्गा भवानीले सनातनिक तत्य पथतर्फ अभिप्रेरित गरुन्


१९ आश्विन २०७६, आइतबार


काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना दिँदै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथ तर्फ अभिप्रेरित गरुन् भन्ने कामना गरेका छन् ।

देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको लागि शुभकामना दिँदै आइतबार जारी विज्ञप्तिमा शाहले भनेका छन् ‘नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन्’

राष्ट्रका यावत् विधि विधान, व्यवस्था र बन्दोबस्त सर्व हितकारी हुनुपर्ने र त्यो सर्वग्राह्य पनि बन्नु पर्ने बताउँदै पूर्व राजा शाहले पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो नहुने बताएका छन् ।

‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन,’ शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ

उनले राष्ट्रियता धरमराएको, शान्ति र अमनचैन हराएको र फेरी पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित नहुने बताएका छन् ।

‘प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सुल्झाउने, सच्याउने र आफ्नै राष्ट्रिय आदर्श बमोजिम समझदारीका साथ अभि बढ्ने अटुट प्रयत्न हुनु पर्दछ’ उनले भनेको छन् ‘नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिक पन नै हाम्रो अस्तित्व हो भन्ने हामीले बुझ्नै पर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस