२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि पर्वतका अनिष थापामगरलाई

अ+ अ-

गोरखा । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् ।

गोरखाको पालुङटारमा आज भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै थापामगरले चौथो पटक सो उपाधि जित्न सफल भएका हुन् । भारतीय सेनामा कार्यरत थापामगर उपाधि जितेसँगै एक दिनका लागि लिगलिगे राजासमेत घोषित भएका हुन् ।

प्रथम थापामगरलाई एक वर्षका लागि पालुङटार नगरपालिकाको सद्भाव दूत घोषणा गरिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिए ।

प्रतियोगितामा दोस्रो भएका नेपाली सेनाका खगेन्द्रबहादुरले निर्धारित दूरी एक घण्टा एक मिनेट आठ सेकेण्डमा पूरा गरेका थिए । लमजुङका नेपाली सेनाका राम्जी बस्नेतले निर्धारित दूरी एक घण्टा एक मिनेट २४ सेकेण्डमा पूरा गर्दै तेस्रो भए । चौथो भएका गोरखा हर्मीका सन्दीप ढकालले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३४ सेकेण्डमा पूरा गरेका थिए ।

गोरखा र लमजुङको सिमानामा पर्ने मस्र्याङ्दी नदीको दोभानमा रहेको चेपेघाटबाट शुरु भएको दौड प्रतियोगिता ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गढीसम्म पुगेर टुङ्गिएको थियो । प्रथम थापामगरलाई नगद रु ६० हजार १०० सहित श्रीपेच पगरी, ट्रफी र मेडल प्रदान गरिएको आयोजक लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण रानाले जानकारी दिए ।

दोस्रो भएका भाटलाई नगद रु ३५ हजार १००, तेस्रो भएका बस्नेतलाई नगद रु २५ हजार १०० सहित मेडल, ट्रफी र प्रमाणपत्र, प्रदान गरिएको अध्यक्ष पूर्ण रानाले जानकारी दिए। उनले प्रतियोगितामा १० औँ स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गरिएको जानकारी दिए । नेपाली सेना रणसिंह दल गण गोरखा, पालुङटार नगरपालिका र लिगलिगकोट विकास अभियानको संयुक्त आयोजनामा प्रतियोगिताको गरिएको हो ।

यस वर्ष प्रतियोगितामा लाग्ने सबै पुरस्कार रकम भने नेपाली सेनाले उपलब्ध गराएको रणसिंह दल गण गोरखाका प्रमुख सेनानी उज्वल केसीले जानकारी दिए । उनले भने, ‘ देशभरका कोट तथा ऐतिहासिक स्थानको प्रचारप्रचारका लागि नेपाली सेनाले काम शुरु गरिसकेको छ, त्यसैको तयारी स्वरुप लिगलिगे दौड प्रतियोगितामा पनि हाम्रो सहभागिता हो ।’

नेपाल एकीकरण अघिका बाइसे चौबीसे राज्यमध्ये लिगलिग कोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो । पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता शुरु भएको भए पनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको उनले बताए ।

विसं १६०४ मा शुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको अध्यक्ष रानाले जानकारी दिए । राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ ।