प्रशासकीय अधिकृतमाथि कुटपिट, उपचारका लागि काठमाडौँ ल्याइयो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रशासकीय अधिकृतमाथि कुटपिट, उपचारका लागि काठमाडौँ ल्याइयो


१४ आश्विन २०७६, मंगलबार


काठमाडौँ । मुगुको सोरु गाउँपालिकाका प्रशासकीय अधिकृतमाथि आक्रमण भएको छ ।

सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालय फर्किने क्रममा प्रशासकीय अधिकृत परशुराम उपाध्यायमाथि पाँच–सात जनाको समूहले आक्रमण गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

कुटपिटबाट गम्भिर घाइते भएका उपाध्यायको जिल्ला अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएको र त्याहाँ पनि उपचार हुन नसकेपछि काठमाडौँ रिफर गरिएको प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

उपाध्यायको टाउकोमा गम्भिर चोट लागेको छ । घटनाबारे अनुसन्धान भईरहेको र खोजी कार्य तिव्र पारिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस