२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर संघ प्रदेश नं ३ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएकाले यसको रक्षा र संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने उल्लेख गरे ।

सो अवसरमा सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयमा कामबाट हटाईएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न मागसमेत गरे । फरक प्रसङ्गमा उनले नेपालका आदिवासी÷जनजातिमध्ये मगर समुदायको जनसङ्ख्या सबैभन्दा बढी भएकाले सोही अनुसार कांग्रेसले प्राथमिकतामा राखेको बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तापक्ष दलकै निर्देशनमा आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमणका घट्ना भएको आरोप लगाउँदै घटनाका अपराधिलाई कारवाही नगरे कांग्रेस चुप लागेर नबस्ने बताए । उनले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाए ।

महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो संघर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरे । साथै उनले कांग्रेस नेतत्वको सरकारले विगतमा शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वाधार विकास, यातायात, पर्यटनलगायत क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै आगामी दिनमा कृषिको व्यवसायिकरणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर संघका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सुदृढिकरण र एक ढिक्का हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।रासस