३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधान भन्दामाथि कोही पनि छैन’

अ+ अ-

इलाम । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभाबाट निर्माण भएको संविधान भन्दामाथि कोही नभएको बताएका छन् । शनिबार आयोजित ‘इलाम साहित्य महोत्सव’को कार्यक्रममा नेम्बाङले वर्तमान सरकारमाथि औँला उठाउनु आवश्यक नभएको बताउँदै संविधानभन्दा माथि गएर सरकारले कुनै काम नगर्ने बताए ।

उनले विगतका संविधानसँग दाजेर संविधानसभाबाट निर्माण भएको संविधानलाई अवमूल्यन गर्न खोजेको भन्दै संविधानभन्दा बाहिर गएर कसैले केही गरे त्यो स्वीकार नहुने उल्लेख गरे। “अब नेपाली जनताले अधिकारका लागि लड्नु पर्दैन”, नेम्वाङले भने, “सबै अधिकार हाम्रो संविधानले दिइसकेको छ, सबैका भावना समेटिएको छ ।”

नेपाल कम्युनिस्ट पार्टी (नेकपा०का उपनेतासमेत रहेका नेम्वाङले सरकारले जनताको भावनाविपरीत कुनै काम नगर्ने भन्दै त्यसबारेमा सबैले बुझ्न आवश्यक रहेको उल्लेख गरे।

संविधानको प्रस्तावनामा नै जनताले निर्माण गरेको ‘बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलक’ लेखिएकाले पनि सबैको पहिचानलाई अपनत्व गरेको बुझ्नुपर्ने नेम्वाङले स्पष्ट पारे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले इलामको साहित्यिक महोत्सवमा ‘के गणतन्त्र खतरामा छ ?’ भन्ने शीर्षकमाथि बहस गर्दै उनले राष्ट्र र राष्ट्रियताका विषयमा सत्तापक्ष र विपक्ष भन्न नमिल्ने बताए ।

उनले नेपालमा गणतन्त्रमाथि खतरा भएको बताउँदै वर्तमान सरकारले अनावश्यक आशङ्का गरेको आरोप छ भने । उनले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसक्नाले गणतन्त्रको विषय प्रवेश गरेर ‘पानीमाथिको ओभानो’ हुन खोजेको शर्माले आरोप लगाए । शर्माले कांग्रेस धर्मनिरपेक्षता र गणतन्त्र ल्याउन लडेको पार्टी भएकाले यसमाथि कांग्रेस कटिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस