पाँच केजी चरेशसहित तीन भारतीय पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पाँच केजी चरेशसहित तीन भारतीय पक्राउ


२९ भाद्र २०७६, आइतबार


हेटौंडा । हेटौंडाबाट लागुऔषध चरेशसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।

शनिबार दिउँसो हेटौंडा १५ बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पट्टीको एसीमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेशसहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार जिल्लाका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतो रहेका छन्। वीरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको कारलाई प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकाहलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।

यस्तै प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको थियो। प्रहरीले कैलाश गाउँपालिका ८ का २६ वर्षिय राजकुमार थिङ र २१ वर्षिय दिपेश थिङलाई १२ केजि ४ सय ग्राम गाँजासहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस