३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालका कर्मचारीको चरम लापरवाही, ज्यूँदै बच्चालाई मृत घोषित

अ+ अ-

कोहलपुर । बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित गर्दै सदगत्का लागि आफन्तको जिम्मा लगाएको थियो ।

भेरी अस्पतालको प्रसूतिकक्षमा खटिएका कर्मचारीको चरम लापरवाहीका कारण मृत्यु घोषणा गरिएको नवजात शिशुलाई मसानघाट पुर्‍याएपछि जीवित देखिँदा शुक्रबार पुनः अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । ६०० ग्राम तौल रहेको महीना नपुगी जन्मेको शिशु (छोरी) को अस्पतालको सघन उपचारकक्षमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

शिशुको मृत्यु भएपछि परिवार र आफन्तले शनिबार बिहानैदेखि अस्पतालमा आन्दोलनसमेत गरेका छन् । अस्पतालको चरम लापरवाहीका कारण उपचारार्थ शिशुको मृत्यु भएको उनीहरुको आरोप छ । शुक्रबार बिहान प्रसूतिकक्षमा खटिएका नर्सहरूले जीवितै रहेको नवजात शिशुको मृत्यु भइसकेको घोषणा गरेका थिए । जाजरकोट, छेडागाड नगरपालिका–९ की २० वर्षीय कमला अधिकारीले शुक्रबार बिहान ५ः३० बजे शिशु जन्माएकी थिइन् । सामान्य अवस्थामा जन्मिएको शिशु केही घण्टापछि शिशुको मृत्यु भइसकेको भन्दै प्रसूतिकक्षमा कार्यरत कर्मचारीले अभिभावकलाई बुझ्न लगाएका थिए ।

अस्पतालले ज्यूँदै शिशु मरेको भनेर कमलाका पति मिलन अधिकारीलाई कागजातमा हस्ताक्षर गराएर सदगत् गर्न बुझाएको थियो । मृत्यु भइसकेको भनिएको शिशुलाई गाड्न अस्पतालका कर्मचारीले दुई हजार मागेपछि अधिकारीले रकम नदिने भन्दै नेपालगञ्ज बुलबुलियास्थित हिन्दू मसानघाट लगेका थिए ।

मसानघाटमा शिशुलाई गाड्न भनी खाल्डो खनेर तयार पारियो । गाड्ने तयारी भइरहेका बेला मसानघाटकी कर्मचारी कलावती नेपालीले शिशुलाई देखाउन भनिन् । कालो प्लाष्टिकको झोलाबाट मिलनले शिशु निकालेर कलावतीलाई देखाए ।

कलावतीले शिशु जिउँदै रहेको भनेपछि मिलन रुँदै शिशुलाई लिएर फेरि भेरी अस्पताल पुगेका थिए । घटनाका बारेमा विस्तृत बताउँदै कमलाका श्रीमान् मिलनले भने, “घटनापछि अस्पताल प्रशासनले आफ्नो बचाऊ गरिरहेको छ, अस्पतालको लापरवाहीका कारण छोरीको मृत्यु भयो ।”

भेरी अस्पतालको चरम लापरवाहीका कारण ज्यूँदै बच्चालाई मृत घोषित गरेको समाचार सार्वजनिक भएपछि भेरी अस्पतालले आफ्नो गल्ती ढाकछोप गरिरहेको छ ।

प्रिम्याच्युयर (महीना नपुगी जन्मिएको) बच्चाहरुमा पूर्वानुमान गर्न गाह्रो हुने भन्दै भेरी अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गरी आफ्नो गल्ती ढाकछोप गरेको हो । “समयावधि नपुगी जन्मिने र कम तौल भएका बच्चाको अवस्था चुनौतीपूर्ण हुन्छ । शारीरिक अवस्थाको कारणले गर्दा हुनपुगेको घटना हामी सबैका निम्ति पाठ हुन पुगेको छ ।”

“यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पतालको प्रतिबद्धता जाहेर गर्दछु”, भेरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । रासस

प्रतिक्रिया दिनुहोस