अन्तरिक्षमा के देखियो रहस्यमय संकेत ? « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अन्तरिक्षमा के देखियो रहस्यमय संकेत ?


२५ भाद्र २०७६, बुधबार


काठमाडौं । चिनियाँ खगोलविद्ले अन्तरिक्षमा फास्ट रेडियो बर्स्ट (एफआरबी) भनिने संकेत पहिचान गरेका छन्।

यो रहस्यमय संकेतको स्रोत पृथ्वीबाट ३ अर्ब प्रकाश वर्ष टाढा भएको बताइएको छ।

एफआरबी एक किसिमको रेडियो संकेत हो, जसको अवधि १ सकेन्डमा हजारौं हिस्साको बराबर हुन्छ । अहिलेसम्म यो संकेतको उत्पत्तिको विषयमा स्पष्ट जानकारी मिलेको छैन।

चाइनिज एकेडेमी अफ साइन्सेसको नेसनल एस्ट्रोनमिकल अब्जर्भेटरीका शोधकर्ताले एपरचर स्फेरिकमल रेडियो टेलिस्कोटबाट यो एफआरबीको पहिचान गरेका हुन्।

गिझेउ प्रान्तमा रहेको फास्ट सूक्ष्म संकेतको पहिचान गर्न सक्ने यो सबै भन्दा ठूलो टेलिस्कोप हो भन्ने खबर कारोबार दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस