पुनर्बहालीको माग गर्दै सिँहदरवारभित्रै पत्रकारको धर्ना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पुनर्बहालीको माग गर्दै सिँहदरवारभित्रै पत्रकारको धर्ना


२४ भाद्र २०७६, मंगलबार


काठमाडौँ । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासित तीनजना पत्रकारको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले सिँहदरवारभित्रै धर्ना तथा प्रदर्शन गरेको छ ।

महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा पत्रकारहरुले मंगलबार सिँहदरवारस्थित रेडियो नेपालको स्टुडियो भवन परिसरमा आधा घण्टा धर्ना दिएको हो ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ सचिव दाहाल, नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुसाल, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशी, महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर, महासंघ रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाललगायतले रेडियो नेपालसँग माग सम्बोधन गर्न माग गरे ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीकी उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निष्कासन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस