३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेङ्गु रोग नियन्त्रण गर्न जिल्लाव्यापी अभियान शुरु

अ+ अ-

मध्यपुरथिमि । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएको डेङ्गु रोग भक्तपुर जिल्लामा पनि फैलिएपछि यसको नियन्त्रणका लागि जिल्लास्तरीय संयन्त्र बनाई जिल्लाव्यापी अभियान शुरु गरिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको संयोजकत्वमा प्रजिअ नारायण भट्ट, सुरक्षा निकायका प्रतिनिधि, नगरपालिकाहरुका प्रतिनिधिसहितको छलफलमा भएको निर्णयानुसार सो अभियान शुरु गरिएको हो ।

डेङ्गु रोगबाट बच्न स्वास्थ्य क्षेत्र, विद्यालय, स्थानीय तहलगायत नागरिक समाजबाट साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, सामुदायिक तथा निजी विद्यालयहरुमा चेतनामूलक कार्यक्रम अभियानका रुपमा लैजाने, समुदायको सहयोगमा व्यापक प्रचारप्रसार गरी डेङ्गुबाट बच्न जनचेतना जगाउने काम भइरहेको प्रमुख गेलालको भनाइ थियो ।

त्यसैगरी जिल्लाका चारवटै नगरपालिकाले जनचेतनामूलक पर्चा, तथा पम्प्लेट तयार गरी सार्वजनिक स्थान, विद्यालयलगायत क्षेत्रबाट वितरण गरी घरघरमा पुर्‍याउने, सबै सरकारी तथा निजी अस्पतालले डेङ्गु रोगको उपचारका लागि र्‍यापिड रेस्पोन्स टिम’ तयार गरी तत्काल काम गर्नाका साथै जिल्ला स्वास्थ्य कार्यालयले एक नगरपालिकामा तीन जनाका दरले स्वास्थ्य क्षेत्रका अधिकृतलाई सहजकर्ताका रुपमा खटाउने भएको छ ।

उक्त रोग नियन्त्रणका लागि वरिष्ठ जनस्वास्थ्य अधिकृतको संयोजकत्वमा विभिन्न सरोकारवाला निकायका प्रतिनिधि रहनेगरी जिल्लास्तरीय सो टोली गठन गरेर विभिन्न कार्यक्रम अगाडि बढाइएको र स्थानीय रेडियो एफएममा जनचेतनामूलक सूचना बजाउनेजस्ता रोकथामका प्रयास भइरहेको उक्त कार्यालयका अधिकृत कृष्णबहादुर मिजारले बताए ।

सूर्यविनायक नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली र चाँगुनारायण नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले यो रोग महामारीका रुपमा फैलन नदिन आफूहरूले पनि आवश्यक पहल शुरु गरिसकेकोे जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस