२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

अ+ अ-

काठमाडौं । गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो ।

गीतकार संघ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, गीतकार संघ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि प्रतिष्ठीत कवि, गीतकार तथा साहित्यकार उषा शेरचन, अतिथिहरु पूर्वमन्त्री सुशिल शेरचन, गीतकाररसङ्गीतकार आभाष, गायिका लाशिमीत राई, एल्बमका सङ्गीतकार वसन्त मुकारुङ, गीतकार विमला तुलाचन, निर्मल गौचनलगायतले एल्बमको लोकार्पण गरेका थिए ।

सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको सभापतित्व र शिलु अधिकारीको उद्घोषणमा भएको समारोहमा एल्बममा रहेका दुई गीत ‘कहिले खहरे झै…’ र ‘मेरी आमा…’को भिडियो पनि देखाइएको थियो ।

समारोहमा एल्बम माथि समिक्षा लाशिमित राई र आभाषले गरेका थिए भने सुशिलमान शेरचन, उषा शेरचनले शुभकामना मन्तव्य राखेका थिए । वसन्त मुकारुङले धन्यवाद ज्ञापान गरेका थिए भने गायिका विमला तुलाचनले स्वागत मन्तव्य राखेकी थिइन ।

प्रमुख अतिथि एसपी कोइरालाले प्रमुख अतिथिको शुभकामना सहित मन्तव्य राख्दै एल्बममा रहेका गीत उत्कृष्ट रहेको बताएका थिए । कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो भने अतिथिहरुलाई पनि मायाको चिनो वितरण गरिएको थियो ।

एल्बममा ‘कहिले खहरेझैं…’, ‘हाम्रो प्रेम अजम्बरी…’, ‘सुन मायालु…’जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

समारोहमा कवि तथा गीतकार श्रवण मुकारुङ, शशि लुमुम्बु, चन्द्र रानाहँछा, सङ्गीतकार राजु सिंह, गायक तथा गीतकार गौरब गुरुङ, भीमलाल गुरुङ, जगतमर्दन थापा, विश्ववल्भ, जनगायक जीवन शर्मा, गीतकार सङ्घका सम्पूर्ण पदाधिकारी, गीत सङ्गीत क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारीलगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस