२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपिङमा विद्युत् आयोजना निर्माण गरिने

अ+ अ-

चौतरा । नेपाल र चीनको सिमानामा पर्ने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ तातोपानीस्थित लिपिङ खोलामा निजी क्षेत्रबाट जलविद्युत् आयोजनाको निर्माण गरिने भएको छ ।

हिमशिखर प्रालिद्वारा रु तीन अर्ब २६ करोडको लगानीमा १६।२६ मेगावाट क्षमताको जलविद्युत् आयोजना २०७९ सालमा सम्पन्न हुने गरी निर्माण हुन लागेको प्रवर्द्धक रामकाजी पौडेलले जानकारी दिए।

आगामी दशैँपछि निर्माण कार्य शुरु गरिने उक्त आयोजनाका लागि एनएमबी बैंकसँग ऋृण सम्झौता भएको छ । लिपिङस्थित अरनिको राजमार्गबाट माथि रहेको स्थानमा विद्युत्गृह निर्माण गरिने र त्यहाँबाट दुई हजार ६०० मिटरमाथि बाँध निर्माण गरिने हुँदा आयोजना स्थलसम्म सामान ढुवानी गर्न सडकदेखि २५० मिटर रोप वे (रज्जु मार्ग) को निर्माण भइरहेको छ ।

बाँध स्थलदेखि विद्युत्गृहसम्म एक हजार ४०० मिटर सुरुङ मार्ग र एक हजार २०० मिटर पेनस्टक पाइपमार्फत पानी खसालिने छ । निर्माणको चरणमा आयोजनामा आवश्यक पर्ने ऊर्जाका लागि ६०० किलोवाट क्षमताको लागि माइक्रो हाइड्रोकोसमेत निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त आयोजना गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्ने हुँदा संरक्षण क्षेत्र र वन तथा वातावरण मन्त्रालयबाट समेत स्वीकृती प्राप्त भवसकेको प्रवर्द्धक पौडेलले जानकारी दिए ।

उत्पादित विद्युत् सुक्खायाममा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा कायम गरी विद्युत् खरीद बिक्रीसमेत सम्पन्न भइसकेको छ ।

त्यहाँ उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणलाइनमा जोड्न शिवश्री हाइड्रो पावरको साझेदारीमा आयोजना स्थलदेखि लामोसाँघुसम्मको ३६ किलोमिटर १३२ के भि ए प्रसारण लाइन मध्ये २२ किलोमिटर प्रसारण लाइनको कामसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ ।