यातायात कार्यालय धनगढीमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित तीन पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यातायात कार्यालय धनगढीमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित तीन पक्राउ


प्रशासन विशेष ब्युरो

१२ भाद्र २०७६, बिहिबार


अख्तियार

काठमाडौँ । यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

गाडी बिक्री गरेवाफत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत(सातौँ तह)भुवन जोशी र अधिकृत (छैटौँ तह) जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले प्रशासनलाई बताए ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस