२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘भिडियो कन्फ्ररेन्स प्रविधिको उच्चतम प्रयोग’

अ+ अ-

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरबाट भिडियो कन्फरेन्समार्फत सरकारका मन्त्रीसँग छलफल र अन्तरक्रिया गर्नु स्वाभाविक भएको स्पष्ट गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले सोमबार मन्त्रीहरुसँग गरेको अन्तरक्रियामा नयाँ प्रविधिको प्रयोग भएको र यसलाई अन्य व्याख्या विश्लेषण गर्न जरुरी नभएको बताए ।

प्रवक्ता बाँस्कोटाले भिडियो कन्फ्रेन्सलाई लिएर जसले यो विषय उठाए पनि त्यो गलत भएको बताए । उनले भने, ‘कसले यो विषय उठायो थाहा भएन, पार्टीभित्रका वा बाहिरका जसले उठाएको भए पनि यो सरासर गलत कुरा हो ।’ आज कुरा गर्दै उनले भने, ‘सार्वभौमसत्तासम्पन्न जनताले चुनेको प्रधानमन्त्री विदेशी नागरिकता बोकेर जानुभएको होइनन् । केही समयका निम्ति उहाँ उपचारका लागि जानुभएको हो । यसमा सर्वभौमसत्ताको प्रश्न आउँदैन । प्रविधिको प्रयोग गर्ने विषय हामीबाट असुरक्षित हुँदैन । केवल प्रविधिको प्रयोग मात्रै गरिएको हो ।’

यसअघि मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेका बेलासमेत भिडियो कन्फ्ररेन्सलगायत सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद्का सदस्यसँग अन्तरक्र्रिया गर्न सक्ने निर्णय गरेको थियो । उनले प्रविधिको प्रयोगको विषयलाई लिएर खोक्रो राष्ट्रवादको दुन्दुभी नबजाउन र आफ्ना सबै असन्तुष्टिलाई खोक्रो राष्ट्रवादको जामा लगाएर नउफ्रन समेत आग्रह गरे । उनले भने, ‘यस्ता कुरामा कुनै तुक छैन ।’

आफूलाई सूचना तथा प्रविधिका क्षेत्रमा जानकार रहेको ठान्नेहरुले भिडियो कन्फ्ररेन्सबाट मन्त्रिपरिषद्को बैठक बसाल्नु नै गलत भएको भन्दै त्यसले सूचना प्रविधिको प्रयोग र त्यसको सुरक्षासँग जोडिएका विषयमा टिप्पणी गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले गलत कुरा गरेर नागरिकलाई भ्रमित नपार्न आग्रह गरे । ‘कि त प्रविधि भित्र्याउन भएन, भित्र्याएपछि सदुपयोग गर्न जान्नुपर्छु, उनी भन्छन्, ‘यस्तो ‘वाहियात’ कुरा गर्ने ? प्रधानमन्त्री नेपाली नागरिक हो । नेपाली जनताको प्रतिनिधि हो । उनले आफ्ना मन्त्रीसँग अन्तरक्रिया गरेका हुन् ।

आफू मात्र जान्ने छु, मैले मात्रै थाहा पाएको छु भन्ने कुरा नै अन्तिम सत्य हो भनेर नहिँड्न उनले सबैलाई आग्रह गरे । गलत कुरालाई नेपाली जनताले नपत्याउने भन्दै मन्त्री बाँस्कोटाले क्षणिक तुष्टिका लागि अनावश्यक र नचाहिँदा कुरा गर्नुको समेत कुनै तुक नभएको स्पष्ट पारे । ‘यस्ता कुरा जनताले पत्याउनेवाला छैन, बहस गर्न आए हुन्छ ।’ वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छवि र व्यक्तित्वमाथि प्रश्न नगर्न चुनौती दिँदै मन्त्री बाँस्कोटाले भने, ‘केपी ओलीको राष्ट्रवाद कोही कसैले बनाइदिएको होइन । धर्तीको आजको मान्छेले यो पाठ पढाउनुपर्दैन । ‘के राष्ट्रवाद के राष्ट्रघात भन्ने कुरा पनि बुझ्नुपर्छ, गलत कुरा गर्नेहरु डेडअक्कली राष्ट्रवादी हुन् । त्यस्ताका टिप्पणी गर्नु आवश्यक छैन ।’