वीरगन्जमा पहिलो आई सिटी सेमिनार सम्पन्न, आइटी अध्ययन गर्न २ करोड बराबरको छात्रवृत्ति प्रदान गरिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

वीरगन्जमा पहिलो आई सिटी सेमिनार सम्पन्न, आइटी अध्ययन गर्न २ करोड बराबरको छात्रवृत्ति प्रदान गरिने


१७ श्रावण २०७६, शुक्रबार


वीरगन्ज । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ पर्सा (क्यान फेडेरेसन) को आयोजनामा आज प्रदेश स्तरीय आइ सिटी सेमिनार सम्पन्न भएको छ । आईएमई तपेको सहयोगमा क्यान फेडेरेसन पर्साले वित्तीय समावेशीकरण बारे जानकारी गराउने उद्देश्यका साथ वीरगन्जस्थित भिस्वा होटेलमा शुक्रवार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आजको युगमा समग्र विकासका लागी आइ सिटीले ठुलो भूमिका खेलिरहेको कुरामा जोड दिएका थिए । दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै मेयर सरावगीले आइटिको सहयोगले आज विश्व आफ्नै हातमा रहेको अनुभूत भइरहेको बताए ।

’आइटीले नेपालमा विकासको बाधकको रूपमा देखिएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न ठुलो भूमिका खेलिरहेको छ, ’मेयर सरावगीले भने, ’नेपाल सरकारले अहिले सानो देखि ठुलो कार्य समेतमा आइटिको प्रयोग गरिरहेकोले यो सम्भव भएको छ ।’ उनले क्यान फेडेरेसनले गरिरहेको कार्यको प्रशंसा गर्दै वीरगन्ज महानगरपालिका फेडेरेसन सँग समन्वय गरी यस क्षेत्रमा थप यस्ता कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्धता समेत व्यक्त गरे ।

त्यसै गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता रह बर अन्सारीले आइटीले समाज रूपान्तरणमा ठुलो क्रान्ति गरेको बताए । उनले आइटीले विश्वभरिको सूचना आफ्नै हातमा पाउन सक्ने सेवा उपलब्ध गराएको भने । नेता रहभरले नेपालमा अहिले पनि आइटिको पूर्ण रूपले प्रयोग नभइरहेकोले यसलाई हात–हातमा पु¥याउन सरकारले विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

क्यान फेडेरेसन पर्साका अध्यक्ष आलोक चौरसिवाले क्यान फेडेरेसनले सरकार डिजिटल नेपाल बनाउने सपनामा टेवा पुर्‍याउन ठुलो सहयोग गरिरहेको बताए । उनले नेपाललाई डिजिटल रूपले अगाडी बढाउन क्यानले लिएको लक्ष्यलाई सफल पार्न तिनै तहको सरकारबाट सहयोगको अपेक्षा रहेको भने । चौरसिवाले क्यान पर्साले वीरगन्जमा पहिलो पटक आइटी मेला गराउने देखि लिएर आईसीटी सेमिनार गराएर प्रदेश २ मै एउटा छुट्टै पहिचान स्थापित गरेको बताए ।

चौरसिवाले एसिया प्यासिफिक युनिभरसिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनबाट मान्यता प्राप्त नेपालको पहिलो इन्जिनियरिङ कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको सहयोगमा क्यान फेडेरेसनले नेपालका ७ वटै प्रदेशहरूमा ४९ विद्यार्थीहरूलाई १ करोड ८५ लाख ३६ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने समेत जानकारी दिएका थिए । छात्रवृत्ति अनतर्गत हरेक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने चौरसिवाले भने । उनले फि मेल मे रिट आइटी स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिने छ भने आईसीटी मे रिट स्कलरसिप अन्तर्गत प्रत्येक प्रदेशबाट तिनजनाका दरले २१ जानलाई छात्रवृत्ति प्रदान गरिने जानकारी गराए । उनले क्यान फेडेरेसनले सुरु गरेको फि मेल मे रिट स्कलरसिपबाट प्रदेश सरकारले सुरु गरेको बेटी बेचाओ बेटी पढाओ कार्यकर्मीमा समेत बल पु¥याउने भने ।

कार्यक्रमका प्रशिक्षक क्यान फेडेरेसनका कार्यकारी सदस्य विक्रम श्रेष्ठले वित्तीय समावेशीकरण मा आइटिको महत्त्व बारे प्रतुतिकरण गरेका थिए । उनले आइटिको सहयोगले समाजमा रहेको विभेद र असमावेशीकरण अन्त्य गर्न सकिने कुरामा जोड दिए । त्यसै गरी अर्का प्रशिक्षक आईएमई पाके ट्रे नर माधव कटवालले डिजिटल वित्तीय सेवाहरू र वित्तीय क्षेत्रमा नेपाल सरकारको नीति तथा नियमहरूका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा क्यान फेडेरेसनका केन्द्रीय अध्यक्ष हेमन्त चौ रसिया, भारतीय महावाणिज्य दूतावासका डा. कोत्रास्वामी एम, राष्ट्रिय गाउँपालिका सङ्घ प्रदेश २ का अध्यक्ष तथा पर्साको पकाहामैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौ रसिया, क्यान फेडेरसनका महासचिव रञ्जित पो दार, उद्योग वाणिज्य सङ्घका केन्द्रीय कार्यकारिणी सदस्य पंकज जलन, क्यान फेडेरेसनका केन्द्रीय कार्यकारी सदस्य भु पाल श्रेष्ठ, दीपेन्द्र राज सिंह, क्यान फेडेरेसनका प्रदेश २ अध्यक्ष बालकृष्ण श्रेष्ठ, प्याब्सन पर्साका अध्यक्ष डा. हरि शङ्कर साह, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, दीपक साह, जीवन प्रकाश गुप्ता, स्थानीय तहका जनप्रतिनिधि, क्यान पर्साका अन्य सदस्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण क्यान फेडेरेसनका प्रदेश सचिव सरोज बाबु न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस