२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको क्षमता बढाउन तालिम प्रदायक निकायबिच सहकार्य हुने

अ+ अ-

काठमाडौँ । कर्मचारीहरूको क्षमता विकासमा असल अभ्यासको अवलम्बन गरी क्षमता विकासका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन नेपाल सरकारका तालिम प्रदायक निकायहरूले सहकार्य गर्ने भएका छन् ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरको विशेष पहल तथा आयोजनामा सोमबार नेपाल सरकार अन्र्तगत केन्द्रीय स्तरका तालिम प्रदायक निकायका प्रमुख एवं प्रतिनिधि पदाधिकारीहरूबिच भएको छलफल एवं समन्वय बैठकबाट सो निष्कर्षमा पुगेका हुन् ।

तालिम प्रदायक निकायहरूले मोडल निर्माण, पाठ्यक्रम निर्माण, प्रशिक्षार्थीले व्यवहारिक ज्ञान हासिल गर्न सक्ने किसिमको प्रवचन प्रारुप, अन्तर सम्बन्धित विषयहरूलाई तालिमकार्यक्रममा समावेश गर्न अनुभवको नियमित आदान प्रदान गरी आ आफ्ना तालिम कार्यक्रमहरूको प्रभाकारिता अभिवृध्दि गर्ने सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका प्रमुख दामोदर रेग्मीले बताए ।

यसका अतिरिक्त तालिम प्रदायक संस्थाहरूबिच सम्पर्क सञ्जाल बढाउने, एक अर्काका विभिन्न तालिम मोड्यूलहरु बारे जानकारी हासिल गर्ने, स्रोत व्यक्ति व्यवस्थापन लगायत तालिम सम्बद्ध विविध विषयहरूमा एक अर्कामा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल केन्द्रित रहेको रेग्मीले जानकारी दिए ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रले गुणस्तर प्रमाण आइ एस ओ ९००१ः २०१५ प्राप्त गरेपछि तालिम र यसका प्रकाशनलाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाउन विभिन्न प्रयास गर्दै आएको छ । जसमा सङ्घीय संरचना अनुरूप व्यवहारोपयेगी तालिम, रणनीतिक योजना निर्माण र गुणस्तरयुक्त क्षमता वृध्दिव्दारा आर्थिक सुशासनमा योगदान दिने जस्ता विषहरु रहेका छन् ।

उक्त छलफल कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, ललितपुरका तालिम प्रमुख दामोदर रेग्मी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक गणेश प्रसाद भट्ट, नेपाल प्रशासनिक प्रशिक्षण केन्द्रका अध्ययन निर्देशक तुलसी शरण सिग्देल, कृषि सूचना तथा प्रशिक्षण केन्द्रकी प्रमुख निरु दाहाल पाण्डेय, नेपाल होटेल व्यवस्थापन तालिम केन्द्रका संयोजक सूर्य किरण श्रेष्ठ र हुलाक प्रशिक्षण केन्द्रकी प्रशिक्षक सुधा रेग्मी लगायत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्दका वरिष्ठ प्रशिक्षक एवं प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।