१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इबोलाका कारण साउदी अरेबिया प्रवेशमा कडाई

अ+ अ-

किन्सासा । साउदी अरेबियाले कंगोमा प्राणघातक इबोला रोग फैलिएको भन्दै कंगोबाट साउदी अरेबिया भ्रमणमा जानेहरुलाई प्रवेशाज्ञा (भिसा) दिन रोक लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले इबोला फैलिएका मुलुकका नागरिकलाई अन्य मुलुकको यात्रामा अबरोध नगर्न सिफारिस गरेपनि साउदी अरेबियाले नयाँ व्यवस्था लागू गरेको हो ।

कंगोका केही मुस्लिम समुदायले अर्को महिना साउदी अरेबियामा हज गर्ने योजना बनाएका थिए । साउदी अरबस्थित कंगोको राजदूतावासलाई साउदी विदेश मन्त्रालयले एक पत्र पठाई धार्मिक तिर्थयात्री र अरुको सुरक्षाका कारण साउदी अरेबियाले कंगोली नागरिकलाई भिसा दिन बन्द गरेको उल्लेख छ ।

विश्व स्वास्थ्य संगठनले यसै महिना इबोलाको संक्रमण तिब्र भएको जनाउँदै यसलाई अन्तर्राष्ट्रिय रुपको आपतकाल भनी घोषणा गरेको थियो । कंगो र आसपासका मुलुकमा मात्र इबोलाबाट हालसम्म करिब एक हजार ७०० को ज्यान गइसकेको छ ।

साउदी अरेबियाले पश्चिम अफ्रिकामा केही वर्षअघि इबोला फैलिँदा पनि यस्तै निर्णय गरेको थियो । त्यसबखत इबोलाबाट करिब ११ हजारको ज्यान गएको थियो ।

साउदी सरकारको नयाँ निर्णयबाट कंगोली नागरिकका साथै अरु व्यक्तिलाई पनि असर पर्नेछ । कंगो सरकारले साउदी सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाएको छैन ।रासस/एपी

प्रतिक्रिया दिनुहोस