♦ व्यवस्थापिका भनेको के हो ? स्थानीय व्यवस्थापिकाको परिचय दिँदै यसको गठन प्रकृयाबारे उल्लेख गर्नुहोस् । १०
♦ व्यवस्थापिका भनेको के हो ?
♦ राज्यको प्रमुख एक अंग । जनताका प्रतिनिधिहरुको समूह । र कानून निर्माण गर्ने सर्वोच्च निकाय नै व्यवस्थापिका हो । व्यवस्थापिलाई जनताको सार्वभमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा रहेको हुन्छ । विभिन्न मुलुक अनुसार व्यवस्थापिका कतै एक सदनात्मक र दुई सदनात्मक हुन्छ । नेपालको वर्तमान संविधानाले संघीय व्यवस्थापिका दुई (प्रतिनिधि सभा र राष्ट्रिय सभा) सदनात्मक र प्रादेशिक व्यवस्थापिका एक सदनात्मक हुने व्यवस्था गरेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तहमा कानून बनाउने अधिकार प्रदान गरेको छ ।
व्यवस्थापिकाका प्रमुख कार्यहरु
♦ कानून निर्माण गर्नु,
♦ जनताको प्रतिनिधित्व गर्नु,
♦ राज्यकोष्माथि नियन्त्रण गर्नु,
♦ बजेट स्वीकृत गर्नु,
♦ सरकारका काम कारबाहीको निगरानी गर्नु,
♦ अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अनुमोदन गर्ने,
♦ सरकारको गठन र विघटन
♦ स्थानीय व्यवस्थापिका भनेको के हो ?
♦ स्थानीय तहका लागि आवश्यक कानून निर्माण गर्ने विधायीकी अंग नै स्थानीय व्यवस्थापिका हो । स्थानीय व्यवस्थापिका अन्तर्गत गाउँसभा र नगरसभा पर्दछन् । नेपालको संविधानको भाग १८ (धारा २२१ देखि २२७ सम्म) मा स्थानीय व्यवस्थापिका सम्बन्धि व्यस्था गरिएको छ । संविधानको अनुसूचि ८ र ९मा उल्लेख गरेका विषयमा स्थानीय व्यवस्थापिकाले कानून निर्माण गर्ने काम गर्दछ । उक्त कानून बनाउने प्रक्रिया प्रदेश कानून बमोजिम हुने संवैधानिक व्यवस्था छ । वर्तमान संविधानले संघीय व्यवस्थापिका दुई सदनात्मक, प्रादेशिक व्यवस्थापिका एक सदनात्मक रस्थानीय व्यवस्थापिको समेत व्यवस्था गरेको छ । प्रतिनिधित्व गर्नु, स्थानीय कानून निर्माण गर्नु, गाउँ र नगर कार्यपालिले पेश गरेको बजेट स्वीकृति गर्नु र राजनीतिक प्रक्रियाबाट स्थानीय सरकारका काम कारवाहीहरु सीमित बनाउनू लगायत कार्य स्थानीय व्यवस्थापिकाले गर्दछ ।
♦ गाउँ सभाको गठन कसरी हुन्छ ?
संविधानको धारा २२२ को उपधारा (१) बमोजिमको गाउँ सभामा गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१५ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाका सदस्य रहन्छन् ।
♦ गाउँ कार्यपालिकाको : अध्यक्ष
♦ गाउँ कार्यपालिकाको : उपाध्यक्ष
♦ गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु
♦ प्रत्येक वडाबाट निर्वाचित २ महिला (१ जना दलित) सहित ४ : वडा सदस्यहरु
♦ गाउँपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका २ : सदस्य
नोट : यदि ९ वडा भएको गाउँपालिका रहेछ भने अध्यक्ष १, उपाध्यक्ष १, प्रत्येक वडाका वडा अध्यक्ष र सदस्य ५ जना गरी ४५ र दलित वा अल्पसंख्यक समुदायबाट २ जना गरी जम्मा ४९ जनाको गाउँसभा गठन हुनेगर्दछ ।
♦ नगरसभाको गठन कसरी हुन्छ ?
संविधानको धारा २२३ उपधारा २ बमोजिमको नगर सभामा नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख, वडा अध्यक्ष र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र धारा २१६ को उपधारा (४) बमोजिम दलित वा अल्पसंख्यक समुदायबाट निर्वा्चित नगर कार्यपालिकाका सदस्य रहनेछन् ।
♦ नगर कार्यपालिकाको : प्रमुख
♦ नगर कार्यपालिकाको : उपप्रमुख
♦ नगरपालिका भित्रका वडाका : वडा अध्यक्षहरु
♦ प्रत्येक वडाबाट निर्वाचित २ महिला (१ जना दलित) सहित ४ : वडा सदस्यहरु
♦ नगरपालिकाभित्रका दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका ३ : सदस्य
नोट : यदि ९ वडा भएको नगरपालिका रहेछ भने अध्यक्ष १, उपाध्यक्ष १, प्रत्येक वडाका वडा अध्यक्ष र सदस्य ५ जना गरी ४५ र दलित वा अल्पसंख्यक समुदायबाट ३ जना गरी जम्मा ५० जनाको नगरसभा गठन हुनेगर्दछ ।
♦ गाउँ सभाको सदस्यको पदमा उम्मेदवार हुन चाहिने योग्यता उल्लेख गर्नुहोस् ।
♦ (क) नेपाली नागरिक,
♦ (ख) एक्काइस वर्ष उमेर पूरा भएको,
♦ (ग) गाउँपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको, र
♦ (घ) कुनै कानुनले अयोग्य नभएको ।
♦ नगर सभाको सदस्यको पदमा उम्मेदवार हुन चाहिने योग्यताउल्लेख गर्नुहोस् ।
♦ (क) नेपाली नागरिक,
♦ (ख) एक्काइस वर्ष उमेर पूरा भएको,
♦ (ग) नगरपालिकाकोे मतदाता नामावलीमा नाम समावेश भएको, र
♦ (घ) कुनै कानुनले अयोग्य नभएको ।
नोट : संविधानको धारा २२५ अनुसार गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको छ महीनाभित्र अर्को गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नु पर्ने संवैधानिक व्यवस्था गरिएको छ ।