२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपात पीडित कृषकलाई प्रदेश सरकारको रु ४९ लाख राहत

अ+ अ-

कास्की । गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ ।

प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले यही असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउँपालिकाका पीडित ३७७ किसानलाई रु ४९ लाख २२ हजार ५० राहतस्वरुप वितरण गरेको मन्त्रालयका सचिव दुर्गाप्रसाद दवाडीले बताए । हिमपातले कृषकले पालेका भेँडा, च्याङ्ग्रा, याक, घोडालगायत घरपालुवा पशु चौपायको क्षति हुँदा कृषक पीडित बनेका थिए ।

मन्त्री लेखबहादुर थापामगर, मन्त्रालयका अधिकृत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख सहितको टोलीले कृषकलाई राहत वितरण गरेको थियो । मन्त्रालयले क्षति भएको चौँरी गाई ठूलो प्रतिगोटा चार हजार, घोडा रु तीन हजार, गाई रु एक हजार ५०० तथा च्याङग्रा, भेडा, बाख्राको रु ९५० का दरले राहत वितरण गरेको दवाडीले जानकारी दिए।

हिमपातले जिल्लामा सबैभन्दा बढी लोमान्था लोमान्थाङ गाउँपालिकामा क्षति पु¥याएको थियो । यहाँका २११ कृषकका दुई हजार ७६६ पशु चौपाया हिमपात र चिसोबाट मरेकाले उनीहरुलाई रु २८ लाख ९९ हजार ८५० राहत वितरण गरिएको छ । त्यस्तै थासाङ गाउँपालिकामा ७३ कृषकको ५८० पशु चौपाया क्षति भएकोमा रु पाँच लाख ९३ हजार ८५०, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा १३ कृषकलाई रु एक लाख ३३ हजार ५००, दामोदरकुण्ड गाउँपालिकामा ४८ कृषकलाई रु छ लाख ७५ हजार ७५० तथा घरपझोङ गाउँपालिकामा ३२ कृषकलाई छ लाख १९ हजार १०० राहत वितरण गरिएको मन्त्री थापाले बताए । हिमपातले जिल्लाका ३७७ कृषक पीडित बनेका थिए ।

राहत वितरण गर्दैै मन्त्री थापाले प्रदेश सरकार जनताको दुःखमा सधैँ साथमा रहेकाले राहत लिएर जनताको घरघरमा आएको बताए । प्राकृतिक विपद् एवं महामारीजन्य रोगबाट कृषि तथा पशुपक्षी उत्पादनमा क्षति पुर्‍याएमा प्रभावित कृषकलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने उद्देश्यले चालू वर्षको बजेट तथा कार्यक्रममा समावेश गरिएको आकस्मिक सेवा टेवा कार्यक्रममार्फत कृषकलाई सो सहयोग प्रदान गरिएको मन्त्री थापाले जानकारी दिए। हिमपातलगत्तै जिल्ला प्रशासन, कृषि मन्त्रालय तथा भेटेरीनरी अस्पताल म्याग्दीबाट स्थलगत अनुगमनमा गएको टोलीले सङ्कलन गरेको क्षतिको विवरण मूल्याङ्कन गरी कृषकलाई राहत प्रदान गरिएको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस