२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षण पेशालाई मर्यादित बनाउनुपर्छ : उपप्रम पोखरेल

अ+ अ-

ललितपुर । उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिक्षकले राजनीतिक रुपमा विभाजित हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २१औँ राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा उनले शिक्षक सङ्गठनले सदैव गुणस्तरीय शिक्षालाई जोड दिँदै यसलाई थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक नीति, कानून, संरचना, कार्यक्रम, आचरण र व्यवहार कार्यान्वयन गर्नुपर्ने बताए ।

‘शिक्षा सेवा आयोगले निर्माण गरेका सकारात्मक नीति अघि सारी त्यसैअनुरुप आगामी दिनमा काम अघि बढाउने छौँ’, उनले भने, ‘नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल शिक्षक सङ्गठन एकत्रित भएर अघि बढ्न जरुरी छ ।’

सङ्गठनका पूर्वअध्यक्ष माधवप्रसाद अधिकारीले नेपालमा रहेका ३३ हजार निजी विद्यालयमध्ये नौ हजार सामुदायिक विद्यालयमा हस्तान्तरण भएका जानकारी दिए । उनले भने, ‘यसरी सबै संस्थागत विद्यालय समुदायमा हस्तान्तरण हुने हो भने हरेक शिक्षकले हलो किनेर अघि बढ्नुपर्ने हुन्छ ।’

पूर्वशिक्षामन्त्री तथा सङ्गठनका पूर्वअध्यक्ष देवीप्रसाद ओझाले सार्वजनिक विद्यालयका शिक्षक र शिक्षामा ध्यान दिन आग्रह गरे । उनले भने, ‘परिषद्को निर्णयले २० देखि २५ वर्ष शिक्षा क्षेत्रमा काम गरी हाल घर बस्न बाध्य शिक्षकलाई मासिक तलब र पेन्सनको व्यवस्था गर्नुपर्ने छ । शिक्षकले आगामी दिनमा आफू काम गर्ने विद्यालयका विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिसँग मिलेर काम गर्दा सदैव सुमधुर वातावरण सिर्जना हन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रमुख बाबुराम पौडेलले समाजवादको शुरुआत हरेक विद्यालयको कक्षा कोठाबाट हुने भएकाले हरेक विद्यार्थीलाई समानताको पाठ सिकाउन आवश्यक रहेको बताए । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले बालविकास तहमा अध्यापन गराउने २९ देखि ३० हजार शिक्षकले महिनावारी रु छ हजार पारिश्रमिकमा काम गर्न बाध्य भएको गुनासो गरे ।

संस्थागत विद्यालयका अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयमा अध्यापन गराउने शिक्षकलाई सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक सरह तलब, भत्ता व्यवस्था गर्न सङ्गठनसँग आग्रह गरे । नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र पौडेलले सो परिषद्को बैठकले गुणस्तरीय शिक्षा निर्माण गर्ने वातावरण सिर्जना गर्न अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस