२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण

अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरीद गरिएको सामग्री कृषि समूहलाई वितरण गरिएको हो ।

कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यावसायीकरण गर्ने उद्देश्यका साथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताए । “परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना सरकारले बनाएको छ”, उनले भने, “कृषकको मागका अनुसार आधुनिक सामग्री पाएपछि उनीहरु पनि हर्षित भएका छन् ।”

प्रतिगोटा ५० हजार मूल्य पर्ने १२ कम्बाइल मिल, प्रतिगोटा १४ हजार मूल्य पर्ने ३० कन्सेलर सिङ्गल ट्युव, प्रतिगोटा १६ हजार मूल्यपर्ने ३० तौलने मेसिन, प्रतिगोटा ८० हजार मूल्य पर्ने पाँच मिनीटिलर र प्रतिगोटा ७० हजार मूल्य पर्ने पाँच मिनीटिलर वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए।

यस्तै, कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको छ । केन्द्रले जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण औजार प्रदान गरिएको केन्द्र निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधबार भएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले सामग्री हस्तान्तरण गरेका हुन् । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक प्रणालीमा आकर्षित हुँदै गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस