२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता

अ+ अ-

भोजपुर । खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो । स्थानीयवासी जीवन आचार्यले भने, “सबै अन्नबाली खडेरीले परालजस्तो भएको छ, हामीलाई आगामी वर्षको बीउको चिन्ता बढेको छ ।” अब पानी परेपनि मकै पुरानो स्थितिमा नआउने उनको भनाइ छ । “सबै मकै सुकेको छ, किराको प्रकोप पनि उस्तै छ, अब पानी आए पनि काम छैन ।”

यहाँका किसानले सुकेको मकैको बिरुवा गाईवस्तुलाई खुवाउन थालेका छन् । तर गाईवस्तुले पनि खान छाडेको अर्का कृषक गणेश परियारले बताए । परियारले भने, “बारीको सबै मकै वस्तुलाई खुवाउन थालेका छौँ, तर वस्तुले पनि खान छाडे अब त ।” मकै खुवाउँदा कतिपयको वस्तु नै मरेको उनको भनाइ छ ।

समयमा वर्षा नभएपछि गाउँमा पिउने पानीको अभाव भएको छ भने खेत बाँझै छ । वर्षभरि खाने कमाइ सखाप भएपछि उनीहरु कसरी बाँच्ने भन्ने चिन्तामा परेका हुन् । अन्नबाली जति खडेरीले सखाप बनाएपछि भोकमरीको चिन्ता हुन थालेको हो । सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर राहतको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयवासी कुलबहादुर कार्कीले भने, “हामीलाई खडेरीको कारण समस्या थपिएको छ, योसँगै जिल्लाको अन्य ठाउँमा पनि खडेरीका कारण यस्तै अवस्था छ, त्यस्ता ठाउँको पहिचान गरी सरकारले राहतको व्यवस्था गर्न आवश्यक छ ।” दलगाउँ, कोट, गोगने, वास्तीम, हसनपुरलगायत ठाउँमा खडेरीको कारण अन्नबालीमा क्षति पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस