३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण आइएसओ ९००१ः२०१५

अ+ अ-

काठमाडौं । सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाण आइएसओ ९००१ः२०१५ प्राप्त गरेको छ ।

केन्द्रद्वारा सञ्चालित कार्यक्रमलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अनुकूल बनाउने र यसमा निरन्तर सुधार ल्याउने उद्देश्यले तालिम केन्द्रले २०७६ जेठ ६ गते आइएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको हो ।

आइएसओ प्राप्तसँगै आफूले सञ्चालन गरेका तालिम लगायतका अन्य कार्यक्रमहरूमा एकातिर गुणस्तर सम्बन्धी मापदण्डले अपेक्षा गरेका गुण सूचकहरू परिपालना गरेको विषय प्रमाणीकरण भएको छ भने अर्कोतर्फ यसले सञ्चालन गर्ने प्रत्येक क्रियाकलापहरूलाई थप गुणस्तरयुक्त र प्रभावकारी बनाउँदै जानुपर्ने चुनौती समेत थपेको केन्द्रले जनाएको छ ।

उक्त चुनौतीलाई अवसरका रूपमा उपयोग गरी केन्द्रद्वारा भविष्यमा सञ्चालन हुने गतिविधिहरूलाई थप सशक्त र प्रभावकारी बनाउन सम्बद्ध सबै सरोकारवालाहरूबाट निरन्तर रूपमा सहयोग र पृष्ठ पोषण प्राप्त भइरहने अपेक्षा गरिएको केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सार्वजनिक वित्तका क्षेत्रमा कार्यरत जनशक्तिहरूको क्षमता विकासका लागि वि.सं. २०३७ सालमा अर्थ मन्त्रालय अन्तरगत विभागस्तरको संस्थाको रूपमा स्थापित भई निरन्तर रूपमा कार्यरत संस्था हो ।

यसले स्थापना कालदेखि नै यस क्षेत्रमा कार्यरत जनशक्तिहरूलाई सेवा प्रवेश, सेवाकालीन तथा अल्पकालीन तालिमहरू सञ्चालन गर्नुको साथै जनशक्ति विकास लक्षित विविध गतिविधिहरू गर्दै आएको छ ।

केन्द्रद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमहरूलाई गुणस्तरीय एवं विश्वसनीय बनाउन तथा लाभग्राहीहरुको आवश्यकता बमोजिम आफ्ना क्रियाकलापहरुलाई परिष्कृत गर्दै लैजाने कुरामा तालिम केन्द्र प्रतिबद्ध रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस