२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटनामा पाँच घाइते, तीनको अवस्था गम्भीर

अ+ अ-

रुकुमपूर्व । रुकुमकोटबाट मुसीकोटतर्फ जाँदै गरेको लु १ ज ४११५ नम्बरको जीप सिस्ने गाउँपालिका–६ को पाखागाउँमा गए राति १२ बजे दुर्घटना हुँदा पाँच जना घाइते भएका छन भने तीनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेका पुथा उत्तरगङ्गा गाउँपालिका–५ हुकामका १८ वर्षीया कोपिला बुढा, सोही ठाउँकी १७ महीनाकी सुहाना मगर, आठबिसकोट नगरपालिका १० रुकुम (पश्चिम) का २३ वर्षीय सुरेन्द्र वलीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

त्यसैगरी दुर्घटनामा परी पुथा उत्तरगङ्गा गाउँपालिका १० की २६ वर्षीया ललिता बुढामगर र सोही ठाउँकी २० वर्षीया सुस्मिता बुढामगर पनि घाइते भएका छन् । गम्भीर घाइते भएकी सुहाना ललिताकी छोरी हुन् । घाइतेको अहिले जिल्ला अस्पताल सल्ले रुकुम (पश्चिम) मा उपचार भइरहेको छ ।

जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी चालक आठबिसकोट नगरपालिका–११ रुकुम (पश्चिम) का २२ वर्षीय राजेन्द्र विक प्रहरी नियन्त्रणमा रहेको र प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए।