२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समूहका जिल्ला प्रमुखसहित तीन जना हतियारसहित पक्राउ

अ+ अ-

विराटनगर । प्रहरीले पाँचथान हतियारसहित नेत्रविक्रम चन्द विप्लव समुहका तीन जनालाई पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो ।

आइतबार मोरङको बेलवारी नगरपालिका– ३ स्कुल डाँडामा चन्दा उठाउन हिँडेका सुन्दरहरैचा नगरपालिका–१२ का अशोक राई र कानेपोखरी गाउँपालिका ६ सुदिप भनिने कंश धिमाललाई पक्राउ परेका थिए ।

को १७ प ४५८६ नम्बरको मोटरसाइकल स्कुल डाँडा पुगेका राई र धिमाललाई पक्राउ गरेको प्रहरीले सोधपुछ गर्ने क्रममा धिमालको दुई थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली बरामद गरेको हो ।

सोधपुछका क्रममा धिमालको घरमा हतियार रहेको थाहा पाएपछि कानेपोखरी गाउँपालिका– ६ बिहीबारेस्थित धिमालको कोठाबाट २ थान अटोमेटिक पेस्तोल, चार थान म्यागजिन र १४ राउण्ड गोली फेला पारेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

पक्राउ परेकाहरुको बयानका आधारमा सोमबार प्रहरीले उर्लाबारी नगरपालिका–२ का ४८ वर्षिय केन्द्रलाल धिमललाई पक्राउ गरेको हो ।

धिमालको घरबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा खोजतलास गर्दै पुगेको प्रहरीले तीनमध्ये एक बन्दुक लोड गरेको अवस्थामा फेला पारेको हो ।

धिमालको घरबाट बारुद, छर्रा पनि बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार पक्राउ परेका राई विप्लव समुहको मोरङ जिल्ला जनपरिषद प्रमुख हुन् । केन्द्रलाल र कंश भने जिल्ला तहका नेता हुन् ।

कंश धिमाल भने अपराधिक गतिविधिमा संलग्न हुदै आएका व्यक्ति हुन् । धिमाल मोरङ उर्लाबारी मंगलबारेको सुनचाँदी पसल र झापा दमकको लक्ष्मी बैंक लुटपाटमा संलग्न थिए । बैंक लुटेको मुद्दामा धिमाल सात वर्ष जेल परेका थिए । जेलबाट छुटेलगत्तै छुटेर विप्लव समुहमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस