७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट खाना, छाना र नानालाई पूरा गर्नमा केन्द्रित छ : मुख्यमन्त्री शाही

अ+ अ-

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको प्रमुख आवश्यकता खाना, छाना र नानालाई पूरा गर्न सक्ने गरी बजेट ल्याएको बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित उद्यमशीलता विकासका लागि कर्णाली सम्मेलनमा उनले कृषि, पर्यटन र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको बताए । ‘हाम्रो मुख्य समस्या गरीबी हो, गरीबी हटाउन कृषि र पूर्वाधारको विकासविना सम्भव छैन’, उनले भने, ‘स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनलाई परिचालन गरी उत्पादन वृद्धि गर्ने खालका योजना अघि सारेका छौँ, सबैको प्रयासबाट कर्णालीलाई उत्पादनको केन्द्र भनेर चिनाउन लागौँ ।’

कर्णालीको पर्यटन क्षेत्रलाई थप स्तरोन्नति र प्रवद्र्धन गर्नसके आर्थिक समृद्धि हासिल हुने उनको भनाइ थियो । पछिल्लो समय अनुदानले जनताको बानी बिगारेको भन्दै उनले यसको अन्त्यका लागि प्रदेश सरकारले सहुलियतमा ऋण दिने योजना ल्याएको प्रष्ट पारे । उनले ७९ वटै स्थानीय तहका प्रमुख/उपप्रमुखलाई उद्यमशीलता विकासका लागि प्राथमिकता पहिचान गर्न सुझाव दिए ।

सामाजिक विकासमन्त्री दल रावलले यसपटकको बजेटमा सामाजिक सुरक्षाका लागि उद्यमशीलताका कार्यक्रम अघि बढाइएको बताए । ‘रोजगार र उद्यमशीलता विकासमा सहकार्य गर्न सरकारले उत्प्रेरणा दिनेछ’, उनले भने, ‘स्थानीय तहले उद्यम विकासको योजना बनाओस् । प्रदेश सरकार बजेट दिन तयार छ ।’ मन्त्री रावलले उद्यमशीलताको विकासका लागि प्रत्येक नागरिकले श्रम गर्नुको विकल्प नभएको बताए ।

दुईदिने सम्मेलनमा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सत्य पहाडीले समृद्धिका लागि महिला सहभागिता, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा डा.पुण्यप्रसाद रेग्मीले समृद्ध कर्णाली निर्माणका आधार, अधिकारकर्मी डा.रेणुराज भण्डारीले समृद्धि र उद्यमशीलताका लागि महिला सहभागिता र मन्त्रालयका सचिव डा. मानबहादुर विकले प्रदेशमा ‘रोजगारीको अवस्था, अवसर र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

कर्णालीका ७९ वटा स्थानीय तहका उपप्रमुख, जिल्ला समन्वय समितिका संयोजक, प्रमुख प्रशासकीय अधिकृत र निजी तथा सहकारी क्षेत्रका उद्यमीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस