१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कावा प्रम र स्विट्जरल्याण्डका राजदूत भेट

अ+ अ-

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालस्थित स्वीटजरल्याण्डका राजदूत इलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक तथा दुई मुलुकबीचको सैन्य सहयोग आदान प्रदान तथा सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीले हालै नेपाल राजनीतिक रुपमा संघीयतामा प्रवेश गरेको र कानुनी तथा प्रशासनिक संरचना निर्माण गर्ने क्रममा रहेको हुँदा स्विट्जरल्याण्डबाट आवश्यक सहयोगको अपेक्षा गरे ।

उनले कृषि, पूर्वाधार, शैक्षिक तथा प्राविधिक शिक्षा एवं पछिल्लो समय स्थानान्तरित जनताका बारेमा स्विट्जरल्याण्डले गरेको योगदानप्रति प्रशंसा व्यक्त गने । साथै सैन्य क्षेत्रमा स्विट्जरल्याण्डले गरेको सहयोगको स्मरण गर्दै कावा प्रधानमन्त्रीले आगामी दिनमा दुई देशबीच सहकार्यका क्षेत्रलाई फराकिलो बनाउँदै जाने विश्वास व्यक्त गरे।

राजदूत क्याप्लरले नेपाल र स्विट्जरल्याण्ड बीचको छ दशकभन्दा अघिदेखिको मित्रतालाई निरन्तरता दिँदै नेपालले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानमा आवश्यक सहयोग गर्ने भावना व्यक्त गरेकी रक्षा मन्त्रालय प्रवक्ता बाबुराम गौतमले जानकारी दिए।रासस

प्रतिक्रिया दिनुहोस