२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विस्फोटअघि नै शङ्कास्पद गतिविधि थियो’

अ+ अ-

काठमाडौं । काठमाडौं घट्टेकुलोको सङ्गम टोल शान्त थियो । यहाँ यस्ता घटना यसअघि भएको थिएन तर आइतबार एक्कासि घटना हुँदा भने स्थानीयवासी चकित भए । पढ्न बसेका शौरभ भट्टराई ठूलो आवाज आउँदा अच्चममा परे । कहाँ के भयो भनेर हत्तनपत्त बाहिर निस्किए ।

“म पढ्दै थिएँ एक्कासि ठूलो आवाज आयो, बाहिर हेर्दा परको घरमा धुवाँ जस्तो देखेँ, हेर्न जाँदा क्षतविक्षत अवस्थामा शव देखियो, एक जना घाइते थिए, घरभित्रको कोठा चर्केको देखेँ”, शौरभले भने ।

उनका अनुसार मृतकको टाउको एकापट्टि, हात अर्को पट्टि उछिट्टिएको थियो । खाटलगायत कोठाका सामग्रीमा क्षति पुगेको थियो । भित्तो नै चर्किएको थियो । “एकै छिनपछि प्रहरी आयो र हामी बाहिर निस्कियौँ”, घटनाबारे शौरभले भने । उनले पछिसम्म पनि भित्र बारुद गन्हाइरहेको बताए ।

कोठाभित्रको ग्यास सिलिण्डरमा कुनै क्षति भएको थिएन । विस्फोटपछि घटनामा पुगेका अर्का स्थानीय सागर दाहालले घटनास्थलमा दयनीय अवस्था देखेको बताए ।

उनीहरूले आफैँ बम बनाउँदै गर्दा पड्केको स्थानीयवासी दाबी गर्छन् । अर्का स्थानीयवासीले भने, “हरेक दिन जसो नै पाँच–सात जना कोठामा आउने–जाने गरेका थिए, उनीहरूका गतिविधि पनि शङ्कास्पद थियो, उनीहरू दुई महीनाअघि मात्रै उक्त घरमा कोठा सरेका हुन् ।”
नेपाली सेनाले पनि दुवै घटनामा सिलिण्डर विस्फोट नभएको देखिएकाले बम डिस्पोजल टोलीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । काठमाडौंको सुकेधारा र घट्टेकुलो विस्फोटका घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गरे ।

काठमाडौंको नागढुङ्गा र ललितपुरको लगनखेललगायत विभिन्न क्षेत्रमा समेत शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

मानवीय क्षति भएको दुवै ठाउँमा अनुसन्धानका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । सो घटनापछि प्रहरीले काठमाडौं उपत्यकालगायत देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । गृह मन्त्रालयमा साँझ बसेको आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापाले सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । रासस