२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगलागीमा सात घर नष्ट

अ+ अ-

अछाम । अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नको लागि बालिएको आगो हावाले उडाएर घरहरुमा सल्किएको हो ।

वडाध्यक्ष भक्तबहादुर बुढासहित, इन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्णरुपमा नष्ट भएको स्थानीयवासी पदम बुढाले जानकारी दिए । आगलागी भएपछि पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ता कपडालगायत नगद तथा जिन्सी क्षति भएको बताइएको छ । आगलागीबाट मानवीय क्षति नभएको तर स्थानीयवासीका ६० वटा बाख्रा, एक गोरु जलेर मरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार आगलागीबाट एक करोड ६० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिप्रका, इलाका प्रहरी कार्यालय कमलबजार र ढकारी प्रहरीचौकीबाट १९ जना प्रहरी र स्थानीयवासीको सहयोगमा राति ११ बजे आगो नियन्त्रणमा लिइएको थियो ।